सार्वजनिक बिदामा पनि कोरीयन भाषा परीक्षा हुने
काठमाडौँ – आगामी २ र ३ असोजमा हुने भनिएको इपिएस कोरियन भाषा परीक्षा सार्वजनिक विदाको दिनमा पनि नरोकिने भएको छ । ३ असोजमा ‘नेपालको संविधान २०७२’ जारी गर्ने भन्दै ३ र ४ गते सरकारले सार्वाजनिक विदा दिने घोषणा गरेको छ । तर सार्वजनिक विदाको दिन पनि कोरियन भाषा परीक्षा नरोकिने ईपियस शाखाले जनाएको छ |
परीक्षाका लागि कोरियाबाट ५२ जनाको टोली आएको नेपाल आईसकेको छ । यस वर्ष उपत्यकाका साथै पोखरामा पनि परीक्षा हुने छ । उपत्यकामा १५ र पोखरामा ३ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा सञ्चालन गर्न ५ जनाको टोली पोखरा गईसकेको छ ।
ईपिएस परिक्षाको लागि खोलिएको आवेदनमा ५१ हजार एक सय ३७ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ७ हजार १ सय सय जनाको नाम रोष्टरमा जाने छ । यो वर्षका लागि चार हजार नौ सय जना उत्पादनमुलक क्षेत्रमा र दुई हजार दुई सय जना कृषि तथा पशुपालन क्षेत्रमा जाने छन् ।
२० असोजमा परीक्षाफल प्रकाशित गर्ने र त्यसपछि स्वास्थ्य परिक्षण गरिने छ । स्वास्थ्य परिक्षण पछि स्किल टेष्ट हुने छ ।