एनआरएन कोरियाको निर्वाचन बिशेष -नावावालीवाट नामलिस्ट छुटेकालाई भोटिङको बैकल्पिक व्यवस्था , भोटिङकार्य अन्तिम चरणमा
जीबी लामा / ऐश्वर्य श्रेष्ठ
स्थलगत रिपोर्ट
सोल – एनआरएन कोरियाको नयाँ कार्यसमितिका लागि मतदान जारी रहदै गर्दा १०० सय जना भन्दा बढीको नामावली नामलिस्टबाट गायब पारिएको आरोप लगाईए पछि निर्वाचन मण्डलले आईडी कार्ड हरेर भोटिंग गर्ने व्यवस्था गरेको छ |
अहिले पनि भोटिंग कार्य जारी रहेको छ | अहिलेसम्म १हजार ६०० सय जना भन्दा बढीले भोटिंग गरिसकेका छन् |
साझ ७ बजेसम्म मतगणनाको परिणाम आइसक्ने निर्वाचन मण्डलका संयोजक रुंद्र शर्माले जानकारी दिए |
भोटिंग कार्य अन्तिम चरणमा पुगेको पनि जनाईएको छ |