बहुसाँस्कृतिक परेडमा नेपाल तेस्रो
माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिभलको समापन समारोहमा भएको बहुसाँस्कृतिक परेडमा नेपालीहरुका साथमा राजदूत कमानसिंह लामा
दक्षिण कोरियाको छाङवन शहरमा भएको तीन दिने माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिभलको अन्तिम दिन आइतबार भएको बहुसाँस्कृतिक परेडमा यसपटक नेपालले १० लाख वनसहित तेस्रो स्थान ल्याउन सफल भएको छ । आफ्नो देशको विविध संस्कृति झल्कने भेषभूषासहितको परेडमा भियतनाम ३० लाख वनसहित पहिलो भएको थियो भने इन्डोनेशिया २० लाख वनसहित दोस्रो भएको थियो ।