दिन दु:खी र अशक्तको लागि थोरै भए पनि काम गरे जन्मनुको सार्थकता हुन्छ : सविता उप्रेती


दोलखा जिल्लाको नाम्दु -१ मा २८ वर्ष अघि जन्मेकी सविता उप्रेतीले समाजशात्र बिषयमा स्नाकोत्तर गरेकी छिन | तपाई हामी पनि हाम्रै छरछिमेक कुनै बालबालिकालाई बाधेर या थुनेर राखेको देख्दै आएका छौ | हाम्रो समाजमा अटिजमको बारेमा उचित ज्ञान नहुदा अनाहकमा त्यस्ता बालाबालिकाहरु पशु सरहको जीवन जिउदै आएका छन् | संयुक्त राष्ट्र संघ एक तथ्यांक अनुसार हरेक ८८ जना बालबालिका मध्ये एक जनालाइ यस्तो समस्या देखिने गरेको छ | राष्ट्रिय अपाङ्गकोषको शारिरीक पुर्नस्थापना केन्द्रमा अधिकृतको रुपमा काम गर्ने शिलशिला फिल्डमा जादा उप्रेतीले धेरै ठाउमा बालबालिकालाई थुनेर , बाधेर राखेको देखे पछि २०६८ साल चैत देखि काठमाण्डूको पेप्सीकोलामा ”विशेष स्कुल तथा पुर्नस्थापना ( एस. एस. डि .आर. सी.} केन्द्र खोलेर अटिजम बालाबालिका लागि काम गर्दै आएकी छिन | हाल उक्त संस्थाले ४० जना बालाबालिकालाई सेवा प्रदान गरिरहेको छ | स्थापना काल देखि ४ सय ८० जना बदिलाई सेवा प्रदान गरिसकेको छ | घरको आर्थिक स्थिति सवल नहुदा नहुदै पनि परिवारसंग आफ्नो बिहेमा दाईजोमा दिने पैसा मागेर संस्था सुरु गरेकी थिइन् | २ वर्ष अघि अमेरिकाको डिभी परेर पनि अमेरिकाको मोह त्यागेर आफ्नो जीवन अटिजम बालाबालिकाको लागि सारा जीवन समर्पित गरेकी छिन | संस्था स्थापना गरे देखि हालसम्म गरेका संघर्षका नालीबेलीसंग नजिक रहेर फोनिजकोरिया संवाददाता निश्चल काउचाले उप्रेतीसंग गरेको कुराकानी :-

अटिजम भनेको के हो?

अटिजम जन्मजात हुने नशा र तन्तुको बिकासको क्रममा भएको असमानता एउटा रुप हो |जस्लाई ‘ Neuro development disorder ‘ भनिन्छ | अटिजम भएको व्यक्तिमा संचार विचलन , सामाजिक रुपमा घुलमिल हुन् कठिनाई तथा कल्पना शक्तिको लचकतामा कमि हुने जस्ता मुख्य तिन समस्या अटिजम भएको व्यक्तिमा हुने गर्दछ | उनीहरुमा रहेको ईन्द्रियहरुको उतारचदावको फलस्वरुप अटिजम भएका व्यक्तिहरुले भिन्दै खालको प्रतिक्रिया देखाउछन | जुन असामान्य व्यवहारको रुपमा देखा पर्दछ | अटिजम कुनै रोग होईन | यो एउटा अवस्था हो | जुन जीवनभर रहिरहन्छ तर अटिजम भएका केहि व्यक्ति बौद्धिक क्षमता अपाङ्गता भएका ब्यक्रिहरुको भन्दा बदि भएको पाईएको छ | हरेक ८८ जना मध्ये एक जना बालबालिकालाई अटिजम diagnosis हुने गरेको पाईएको छ |

एस. एस. डि .आर. सी. संस्थाको स्थापना कसरी भयो ?

मैले राष्ट्रिय अपाङ्गकोषको शारिरीक पुर्नस्थापना केन्द्र जुन समाज कल्याण परिषदको मातहतमा रहेको छ | उक्त केन्द्रको ब्यबस्थापन अधिकृतको रुपमा काम गर्ने मौका पाएको थिए | त्यहि काम गर्ने क्रममा अपाङ्गता भएको व्यक्तिहरुसंग नजिकिने मौका पाए र उहाहरुको आट र शाहस देखेर म प्रेणित भए | म कामको शिलशिलामा फिल्डमा जादा धेरै ठाउमा बालबालिकालाई थुनेर , बाधेर राखेको देखे | यसरी दिन भरि एकै ठाउमा थुनिएर , बाधिएर बस्नु पर्दा मानसिक तनाव त्यस माथि भोकाएर आफ्नै दिशा . पिसाब खाएको मेरै आखाले देखे पछि सक्नेहरुलाई त बाटो देखाई दिए पछि आफै सजिलै आत्मनिर्भर हुन् सक्छन तर आफै केहि गर्न नसक्नेहरुलाई पो हामीले केहि गर्नु पर्छ भन्ने लाग्यो र त्यसरी थुनिएर , बाधिएर राखिएका बालबालिकालाई बन्धनबाट मुक्त गराएर उचित आवास र शिक्षा दिने उदेश्यले संस्था खोलिएको हो | मलाई घरको जिम्मेवारी त छदै थियो | त्यस माथि मेरै बिद्यार्थी जीवन धान्न मुश्किल थियो तर मैले मेरो परिवारलाई पछि मेरो बिवाह हुदा दाईजो दिनु पर्देन दाइजोको रुपमा दिने पैसा अहिलेनै दिनुहोस भनेर जुटाएको सानो रकमले दुई जना अटिजम बच्चाबाट मैले एस. एस. डि .आर. सी. शुरु गरेकी हु |

तपाइले अटिजम बालबालिका  पालपोषणको म्यानेज कसरी गर्दै आउनु भएको छ ?

अहिलेसम्म संस्थाको नियमित स्रोत छैन | स्थापनाकाल देखि नै संस्थाले आर्थिक संकट झेल्दै आईरहेको छ | संस्था चलाउन सहकारीबाट ऋण लिएर , साथीभाईसंग सापटी लिएर चलाउदै आएको अवस्था छ | आर्थिक रुपमा सवल हुनु हुने केही अभिभावकहरुले मासिक रुपमा सहयोग गर्नु हुन्छ | अनाथ , आर्थिक रुपमा कमजोर भएका , सुकुम्बासी र अटिजम भएकै कारण घर परिवारले निकाली दिएका बालबालिकाको निशुल्क शिक्षा , खान बस्नको व्यवस्थाको साथै लत्ताकपडाको पनि व्यवस्थापन गर्दै आईरेहका छौ | केही मनकारी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले संस्था भिजिट गरेर स्वईच्छाले गहयोग गर्नु हुन्छ | गत वर्ष देखि १६ वर्ष भन्दा माथिका किशोरीहरुलाई सिपमुलक तालिम दिएर हाल उनीहरुले कृष्ट्रलबाट बनाएका गहना , चुरा , बेचेर केहि मात्रामा राहत मिले पनि संस्था आर्थिक संकटबाट नै गुज्रिरहेको छ |

राज्यबाट कत्तिको सहयोग पाउनु भएको छ ?

नेपालको सन्दर्भमा जनचेतनाको अभावको कारणले गर्दा अटिजमको परिचान भएको अवस्था छैन | हालसम्म हामीले राज्यबाट कुनै पनि सहयोग प्राप्त गरेका छैनौ | हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले अटिजमलाई परिचान गराएर बौद्धिक अपाङ्गताबाट हटाएर अब छुट्टै अटिजमको वर्ग निर्धारण गर्नको निम्ति कानुनी प्रक्रियामा छ | जसले गर्दा भोलि दिनमा राज्यबाट सहयोग पाउने अपेक्षा राखेका छौ |

संस्था चलाउदा विभिन्न कठिनाई र समस्याहरु पनि आउछन होलान नी ?

संस्था चलाउदा विभिन्न कठिनाइ र समस्याहरु त आईहाल्छन नै त्यसलाइले मैले स्वाभाविक रुपमा लिने गरेकी छु | एउटा घर चलाउन त कति गाह्रो हुन्छ | सामाजिक संस्था चलाउन चुनौतीहरु त पक्कै छन् | यो क्षेत्रमा अनुभवी तथा दक्ष जनशक्तिको अभाव त छदैछ त्यसै माथि आर्थिक भार पनि छदैछ | राज्यले अटिजमको बारेमा स्पष्ट नीति नियम व्यवस्था नगरेको अवस्थामा समाजमा नौलो कार्यको थालनी गर्दा समेत हौसला दिनुको साटो कुरा काटेको देख्दा दु:ख लागेर आउछ |

तपाई यो उमेरमा नै निस्वार्थ रुपमा समाज सेवामा लाग्नु भएको छ | कस्तो अनुभव गर्दै हुनुहन्छ ?

समाजसेवा गर्ने भनेको आत्मसन्तुष्टिको लागि हो | अटिजम बालबालिकासंग काम गर्दा मलाई आत्मसन्तुष्टि त मिलेको छ नै त्यो भन्दा ठुलो कुरा अटिजम बालबालिकाबाट नया जीवन पाएकी छु | आफुलाई परिवर्तन गर्ने र जीवनको अर्थ बुझ्ने मौका पनि पाएकी छु | यहाँ आफ्नै लागि बाच्न त गाह्रो छ |

अरुको भलाईको लागि जीवन समर्पित गर्दा कस्तो लाग्छ ?

आफ्नो लागि त जो पनि बाचेकै हुन्छ | मानव भएर जन्मे पछि समाज आफ्नो परिचान खोज्ने होईन आफ्नो परिचान आफै बनाउने हो | आफु भन्दा अशक्त दिन दु:खीहरुको लागि आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्न सके आफु जन्मेको सार्थकता हुन्छ जस्तो लाग्छ मलाई | एस. एस. डि .आर. सी. मार्फत हिडन नसक्ने बच्चा हिडन थाल्दा , बोल्न नसक्ने बच्चा बोल्न सुरु गर्दा मैले सारा दुखहरु बिर्सन्छु | त्यति बेला मलाइ जुन खुसी मिल्छ त्यो खुसी पैसाले कहा किन्न सकिन्छ र ?

समाज सेवामा लागेर जीवन देखि सन्तुष्ट हुनुहुन्छ ?

जिन्दगीका धेरै चुनौती , समस्या , कठिनाईहरुसंग संघर्ष गर्दै अटिजम बालबालिकाको लागि काम गर्न पाउदा मैले धेरै चिज पाएकी छु | केहि पनि गुमाएकी छैन | मलाई मेरो जिन्दगीसँग कुनै गुनासो छैन न त कुनै पछुतो बरु मैले जीन्दगी नया उर्जा पाएकी छु |

तपाइको भावी योजनाहरु के-के छन् ?

संस्थाको निजी भवन लागि जग्गा खोजिरहेका छौ | संस्थालाई भावी पुस्तासम्म निरन्तरता दिनको निम्ति रु २ करोडको अक्षय कोष खडा गर्ने लक्ष्य रहेको छ | गाउ-गाउ पुगेर अटिजम सम्बन्धि जनचेतना जगाउदै देश भर रहेका अटिजम बालबालिकालाई एकताको एउतै सुत्रमा बाध्ने योजना पनि छ |

अन्त्यमा केही भन्न चाहनु हुन्छ की?

देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले हाम्रो संस्थालाई माया र बिश्वास गरेर सहयोग गरिरहनु भएको छ | सहयोग लागि हामी आभारी छौ | एस. एस. डि .आर. सी. परोपकारी अक्षय कोषको लागि नेपाल , दक्षिण कोरिया , कतार , साउदी अरेबिया , सिंगापुर , यु .ए .ई , माल्दिप्स लगायतका देशहरु सहयोग अभियान थालनी गर्दिनु हुने मनकारी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...