राजदूत मैत्री रनिङ कप फुटबलको टिम दर्ता अक्टोबर ११ सम्म
सोल-सोलस्थित नेपाली राजदूतावासले हिन्दुहरुको दशैं २०७२ को सुअवसरमा ‘राजदूत मैत्रीपूर्ण रनिंग कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । उक्त फुटबल प्रतियोगिताको अवसरमा यहाँ रहेका सबै नेपालीहरुबीच शुभकामना आदान प्रदानका साथै महामहिम राजदूतबाट टिका,जमरा तथा प्रसाद प्रदान गरिने कार्यक्रम समेत राखिएको छ ।
फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई २५ लाख कोरियन वन, दोस्रो हुने टिमलाई १० लाख कोरियन वनसाथै प्रमाणपत्र तथा प्रशंसापत्र समेत प्रदान गरिने हुनाले ईच्छुक टिमहरुलाई अविलम्ब टिम दर्ता गराउन दूताबसले अनुरोध गरेको छ ।
१. टिम दर्ता गराई सक्नुपर्ने अन्तिम मितिः अक्टोबर ११, २०१५ ( दिउंसो १२ बजे सम्म, नेपाली राजदूतावास )
२.टाईसिट प्रकाशन :- ११ अक्टोबर २०१५ ( दिउंसो ४ बजे नेपाली राजदूतावास ) सो समयमा सम्बन्धित टिमका प्रतिनिधिहरुलाई नेपाली राजदूतावासमा उपस्थित हुन अनुरोध छ )
३. प्रतियोगिता हुने मितिः २५ अक्टोबर २०१५ ( गत बर्ष झै सबै खेलहरु एकै दिन सम्पन्न् गरिने)
४. समयः बिहान ८ बजे देखि
५. स्थानः- 1 San 2-1, Hwolgok-dong, Seongbuk-gu, Wolgok Artificial Turf Stadium.( behind Dongduk Woman University) Line no.6, Wolgok Station.(2) Paju National Football Center. (Under 19 ) बिमल घर्तीमगर सहितको टिमले फुटबल खेल खेलेको स्थान )
दुबै खेल मैदानमा खेल भएतापनि फाईनल खेल भने Wolgok Artificial Turf Stadium. मा हुनेछ ।
राजदूतावासको खाता नम्बर Embassy’s account no. 630-008655-423 maintained at the KEB Bank , Samsunkya Branch, Seoul मा प्रवेश शुल्क जम्मा गरेर जानकारी गराउनु पर्नेछ ।
सम्पर्क नम्बरः ०१०९४९४९२२१ तथा ०१०७७७१८५६६