युनिक भिजन प्रथम खुल्ला भलिबलमा १६ टिम
सोल-युनिक भिजन ग्रुप दक्षिण कोरियाद्वारा यहि अक्टुबर ११ तारिख आयोजना गर्न गहिरहेको भलिबल प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् |गत आइतबार सौल को तुन्देमुनमा प्रतियोगी टिमका प्रतिनिधिहरुको उपस्थितिमा भएको टाई सिट अनुसार A पोल बाट ८ टिम र B पोल बाट ८ टिम गरि जम्मा १६ टिमले प्रतिस्पर्धा गर्दै छन् | जस अनुसार A पोलबाट गुल्मी सम्पर्क समिति र छन्त्याल परिवार , पर्बत प्रबासी समाज र म्याग्दी समाज , तनहुँ सम्पर्क समिति र मेचीमहाकाली युनाइटेड ,तमु धिं र स्याङ्गजा परिवारले प्रतिस्पर्धा गर्दै छन् |त्यसै गरि B पोल बाट ठकुरी समाज र सुदूरपश्चिम समाज ,खोटांग सेवा समाज र बाग्लुंग सम्पर्क समिति ,युनिक भिजन र नेपाल मगर संघ ,कास्की परिवार र रुपन्देही सम्पर्क समिति ले प्रतिस्पर्धा गर्ने भएका छन् |
बिगत २ बर्ष देखि भलिबल खेलमा उत्कृस्ट प्रदर्शन सहित सक्रिय रुपमा सहभागी हुँदै आएको संस्था युनिक भिजन ग्रुप ले आयोजना गर्ने भलिबल प्रतियोगितामा महिला भलिबल खेलको पनि आयोजना गरिएको छ | महिला भलिबल तर्फ नेपाल मगर संघ र म्याग्दी समाज समि ति को महिला भलिबल टिमले सहभागिता जनाउने भएका छन् |उत्कृस्ट टिम लाई पुरस्कार स्वरूप २ लाख वोन को व्यवस्था गरिएको छ |
प्रतियोगिता को सम्पूर्ण तयारी पुरा भएको जानकारी संस्था को अध्यक्ष भजिन्द्र क्षेत्री ले दिएका छन् |भलिबल हलको समय बेलुकी ६ बजे सम्म मात्र भएकोले सम्पूर्ण खेलहरु समयमानै हुने भएकोले सम्बन्धित खेलाडीहरु बिहान ९ बजे नै आई दिनु हुन पनि आयोजकले अनुरोध गरेकोछ |
भलिबल स्थलमा जाने तरिका :
수유중학교 सुयु जुङहाक्यो 혜화여고 हेह्वा यगो ह्वागेसा सागरी, ट्रेन लाइन न ४ सुयु यक गेट न ५ बाट १५ मिनेट पैदल अथवा ११६५ न को बस चढेर जानु सकिने |तुन्देमुन बाट १५२ र १२१ न को बस मा चड्ने हेह्वा यगो ह्वागेसा सागरी झर्ने |
कोरियामा रहेका सम्पूर्ण संघ संस्था ,ब्यापारी ,बिध्यार्थी ,पत्रकार , समाजसेबी ,खेलकुद प्रेमी ,खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रना पनि आयोजकले गरेको छ |कोरियामा नेपाली संस्थाले २०१५ मा आयोजना गर्ने भलिबल खेल यो नै अन्तिम भएकोले रोचक र घम्साघम्सी हुने आयोजकले दाबी गरेको छ |