युनिक भिजन रनिङ कपको उपाधी बागलुङको पोल्टामा
सोल – काेरियामा रहेकाे सामाजिक संस्था युनिक भिजन ग्रुप ले अापतकालिन राहत काेष निर्माणार्थ अायाेजना गरेकाे प्रथम भलिबल प्रतियाेगिताकाे उपाधी बागलुङ सम्पर्क समिति कोरियाले चुमेकाे छ ।
स्याञ्जा परिवार काेरियालाइ 2 /1 काे सेटमा हराउदै बागलुङले उपाधी चुम्न सफल भएकाे हाे । पहिलाे सेट स्याङ्जाले जितेपनि दाेस्राे र तेश्राे सेट बागलुङले अाफ्नाे पक्षमा पार्दै जित सुनिश्चित गरेकाे हाे । विजेता बागलुङले दस लाख वन ,रनिङ कप र प्रमाणपत्र प्राप्त गर्याे । भने उपविजेता स्याङ्जा परिवार कोरियाले सात लाख वन ,मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।
समय अभावका कारण गाेलापाेला मार्फत म्याग्दि समाजलाई तेश्राे र युनिक भिजनलाई सान्त्वनाकाे उपाधी प्रदान गरिएकाे थियाे । खेलकाे उत्कृष्ट खेलाडि स्याङ्जा परिवारका बिक्रम राठाेर भए ।
जम्मा १६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगितामा, शक्तिशाली टिम कास्कि परिवारलाइ युनिक भिजनले दाेश्राे चरण मै राेक्याे । स्याङ्जा र म्याग्दि बिचकाे खेलमा स्याङ्जाले म्याग्दिलाइ १/२ काे सेटमा हराउदै फाइनलमा प्रवेश गरेकाे थियाे भने बागलुङले सेमि फाइनलमा युनिक भिजन ग्रुपलाइ हराएकाे थियाे ।
यसैबिच युनिक भिजनले अायाेजना गरेकाे महिला भलिबल म्याग्दिले चुमेकाे छ ।
दूइ टिम सहभागी महिला भलिबलमा म्याग्दि समाज बिजेता र नेपाल मगर संघ कोरिया उप बिजेता भए । बिजेता म्याग्दि र उपबिजेता मगरसंघले क्रमश डेढ लाख वन ,एक लाख वन प्रमाणपत्र प्राप्त गरे ।बिजयी टिमलाइ एनअारएन काेरियाका अध्यक्ष राजु क्षेत्री र नेपाली सम्पर्क समिति काेरियाका कार्यवाहक अध्यक्ष अञ्जु केसीले सयुक्त रुपमा पुरुस्कार प्रदान गरेका थिए ।
खेल निकै साैहार्दपुर्ण र प्रतिस्प्रर्धात्मक रुपमा सम्पन्न भएकाे अायाेजक युनिक भिजन ग्रुपका अध्यक्ष भजिन्द्र क्षेत्रिले बताए ।
याे बर्ष काेरियामा भएकाे पाच वटा प्रतियाेगितामा बागलुङले तीन वटा प्रतियाेगिता जितेकाे छ ।कास्किले एउटा उपाधी र स्याङ्जाले एउटा प्रतियाेगिताकाे उपाधी चुमेका थिए ।
बागलुङकाे सफलताले निकै खुसि भएकाे बताउदै भलिबल संयाेजक छानु चन्दले बिदेशमा खेलकुद क्रियाकलापले अापसि सम्बन्ध बढाएकाे बताए । काेरियाकाे ब्यस्त समयकाे बाबजुद पनि भलिबल खेल्न अाफैमा कठिन भए पनि सक्रिय रुपमा सहभागि सबैलाइ धन्यवाद दिन चाहन्छु चन्दले भने ।
युनिक भिजनकाे प्रतियाेगिता संगै याे बर्षकाे सबै भलिबल प्रतियाेगिता सकिएका छन ।