यू-१७ विश्व कपमा दक्षिण कोरियाद्वारा ब्राजिल पराजित
सोल – चिलीमा जारी फिफा अण्डर-१७ विश्व कपमा दक्षिण कोरियाले ब्राजिललाई १ – 0 ले पराजित गरेको छ |
जांग जे-वनले दोस्रो हाफको ७९ औ मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई जितको बाटो देखाएका देखाएका थिए | पूर्व राष्ट्रिय फुटबल टोलीका रक्षक चोई जस-चेउलको नेतृत्वमा कोरियाली टीम चिली पुगेको छ |
यो जित संगै दक्षिण कोरियाले तीन अंक बटुल्दै समुह बीको शिर्ष स्थानमा उक्लेको छ | समुह बीमा दक्षिण कोरिया , ईङल्याण्ड , ब्राजिल र गिनी छन् | अब दक्षिण कोरियाले आउदो २० तारिख गिनीसंग खेल्नेछ |
अन्तराष्ट्रिय फुटबल खेलमा दक्षिण कोरियाले ब्राजिललाई जितेको पहिलो पटक हो ।