९ जिल्लामा एनआरएनको ३० अर्ब लगानी


 

काठमाडौं –   गैरआवासीय नेपाली (एनआरएन) ले ९ जिल्लामा हालसम्म ३० अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । आर्थिक पत्रकार समाज (सेजन) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का लागि गरेको अध्ययनअनुसार उपत्यकाका तीन जिल्ला, कास्की, सिरहा, गोरखा, मकवानपुर, बाग्लुङ र चितवनमा २९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ लगानी देखिएको हो ।

 

६७ वटा उद्योग तथा प्रतिष्ठानहरूमा उक्त लगानी छ । जसमध्ये एनआरएनले लगानी गरेका सबैभन्दा बढी ४७ वटा सेवामूलक उद्योग छन् । ८ वटा जलविद्युत्मा एनआरएनको लगानी देखिन्छ । ७ वटा उत्पादनमूलक उद्योग र ३ वटा गैरनाफामूलक संस्थामा एनआरएनको लगानी छ । उनीहरूको लगानीबाट ८ हजार २ सय ७६ जनाले रोजगारी पाएको अध्ययनले देखाउँछ । जसमध्ये ५ हजार ४ सय ९६ पुरुष हुन् । ‘यो ९ जिल्लाबाट अध्ययनको सुरुवात मात्रै हो,’ एनआरएनए अध्यक्ष शेष घलेले भने, ‘अन्य जिल्लामा पनि अध्ययन गर्ने छौं र एनआरएनको योगदानको तथ्य बाहिर ल्याउने छौं ।’ अबका दिनमा यहाँ लगानी गर्ने एनआरएनले गैरआवासीय नेपाली संघको सचिवालयमा जानकारी गराउन पनि उनले आग्रह गरे ।

 

९ जिल्लाहरूमध्ये सबैभन्दा बढी लगानी उपत्यकाका तीन जिल्लामा देखिन्छ । २३ अर्ब १५ करोड १० लाख रुपैयाँ उपत्यकाका जिल्लामा गैरआवासीय नेपालीको लगानी छ । त्यसपछि बढी लगानी भएको जिल्ला बाग्लुङ र मकवानपुर रहेको अध्ययन प्रतिवेदनले देखाउँछ । यी दुई जिल्लामा क्रमश: २ अर्ब ९७ करोड ८ लाख र १ अर्ब २० करोड रुपैयाँ गैरआवासीय नेपालीको लगानी देखिन्छ । त्यसपछि क्रमश: कास्कीमा १ अर्ब १ करोड, गोरखामा ८४ करोड १० लाख, चितवनमा ३५ करोड २० लाख र सिरहामा २३ करोड ३० लाख रुपैयाँ लगानी रहेको अध्ययनले देखाएको छ । सरकारले गैरआवासीय नेपालीलाई पनि नेपाली सरहको लगानी मान्ने गरेको छ  |कतिपय एनआरएनहरूले भने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का आधारमा लगानी भित्र्याएका हुन् ।

 

अध्ययन प्रतिवेदनले जनाएअनुसार नेपालमा लगानी गर्नका लागि सबैभन्दा बढी समस्या शान्ति सुरक्षाको अभाव छ । त्यसपछि लोडसेडिङलाई लगानी हुन नसक्ने कारक गैरआवासीय नेपाली लगानीकर्ताले ठानेका छन् । तेस्रो समस्याका रूपमा भने नीतिगत अस्थिरता छ । गैरआवासीय नेपालीले लगानी गरेको उद्योगमा ८ हजार ४ सयदेखि १ लाख ८० हजार रुपैयाँसम्म तलब पाउने गरेको अध्ययनले देखाएको छ ।

 

घलेले नेपालमा लगानीबारे एनआरएनहरूले गम्भीर भएर सोच्ने बेला आएको बताए । ‘मैले महत्त्वाकांक्षी भएर धेरै लगानी गर्ने विषय सोचेको छैन । गर्न सक्ने जति मात्रै बोल्नुपर्छ । हाम्रो अबको दायित्व भूकम्प पछिको पुननिर्माणका लागि लाग्नुपर्ने छ,’ उनले भने, ‘हाम्रो सोचाइ भूकम्पबाट पीडित भएका जिल्लाहरूमै लगानी बढाऔं भन्ने हो । अब आउने कार्यकालमा हामी थप लगानी पनि भूकम्प पीडित जिल्लामा नै गर्ने प्रयासमा छौं ।’ व्यवसायिक लगानी पनि भूकम्प प्रभावित जिल्लामै बढाउन एनआरएनहरूलाई घलेले अनुरोध गरेका छन् । एनआरएनएले भूकम्प पीडितहरूका लागि १ हजार घर बनाउनका लागि ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । आगामी दिनमा एनआरएनए र लगानीको विषय अन्तरसम्बन्धित बनाउनुपर्ने धारणा घलेको छ । ‘एनआरएनले लगानी गर्दैनन् भन्ने आरोप धेरै लाग्ने गरेको थियो । त्यसैले कलेक्टिभ लगानीको अवधारणामा लाग्यौं,’ उनले भने, ‘संयुक्त लगानी सुरु गरेको जलविद्युत् सफल भएपछि थप लगानी विस्तार गर्ने छौं ।’ उनले नेपालमा एनआरएनएले विकास साझेदार संस्थाको रूपमा काम गर्न चाहेको बताए । त्यसका लागि उपयुक्त वातावरण बनाइदिन उनले अनुरोध गरेका छन् ।

 

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले गैरआवासीय नेपालीहरूलाई आर्थिक सामाजिक रूपान्तरणमा थप चिन्तन गर्न अनुरोध गरे । ‘भूकम्प पछिको पुनर्निर्माणमा आफ्नो स्रोत साधन लगाउन अनुरोध गर्दछु,’ उनले भने, ‘पुनर्निर्माणको साझेदारीसँगै विकासमा पनि साझेदारी तपाईहरूले गर्न आवश्यक छ ।’ उनले उत्कृष्ट संविधान जारी भएको जनाउँदै लगानीमैत्री वातावरण सिर्जना भएको दाबी गरे । ‘संविधान जारीसँगै राजनीतिक संक्रमण सकिएको छ,’ उनले भने, ‘लगानीमैत्री वातावरण सिर्जना भएको छ । नेपालमै लगानी बढाउनुस् ।’ सोही कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले मुलुक धनी भए मात्रै नेपालीको इज्जत बढ्ने बताए । ‘नेपाल जति लगानीको अवसर भएको मुलुक अरू छैनन्,’ उनले भने, ‘यहाँ लगानी गर्नुस् साथमा धर्म पनि कमाउनुस् ।’ कार्यक्रममा एनआरएनए प्रमख संरक्षक रामप्रताम शाहले लगानीलाई मात्रै नहेर्न अनुरोध गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • कोरियाको बुसानमा पनि चासोक तङनाम मनाइयो
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...