Advertisement
SKIP THIS

भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा २८० को मृत्यु


 
सोल : अफगानिस्तानको हिन्दूकुश पर्वत श्रृंखलामा सोमबार गएको भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा २८० जना बढी मानिसको ज्यान गएको छ।
भूकम्पबाट हालसम्म १८ सय मानिस घाइते भएको जानकारी आएको छ । पाकिस्तानमा २१० बढि मानिस मारिएका छन्। त्यसैगरी अफगानिस्तानमा ६० जनाबढी मानिसको मृत्यु भएको खबर आएको छ ।
अफगानिस्तानको एक स्कूलमा भूकम्पछि भएको भागदौडमा १२ जना विद्यार्थीको ज्यान गएको छ । पाकिस्तानको स्वात घाटी र पेशावर इलाकामा सयौं घर जमिनमा मिलेका छन् ।
भूकम्पको कडा झट्का उत्तर भारत र नेपालमा पनि महसुस गरिएको थियो । तर यी दुबै देशमा भूकम्पले कुनै नोक्सान गरेको समाचार आएको छैन ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अर्साफ घानी र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई बेग्लाबेग्लै समवेदना पत्र पठाउँदै सोमबार अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
पछिल्लो १० वर्षयता पाकिस्तान र अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण मानिसमा त्रास फैलिएको थियो। यसअघि गत बैशाख १२ मा नेपालमा ७.८ म्याग्निच्यूडको भूकम्प जाँदा ८ हजार बढी मानिस मारिएका थिए । ग्रामीण इलाका ठूलो क्षति भएको आशंकमा दुबै देशले राहत एवम् उद्धार टोली तथा सेनालार्इ पनि परितालित गरिसकेका छन् ।
‘अमेरिकन भूगर्भ विभाग’ का अनुसार ७.५ म्याग्निच्यूडको भूकम्पका केन्द्र अफगानिस्तानको राजधानी काबुलबाट २५० किलोमिटर टाढाको उत्तरपूर्वी हिन्दुकुश पर्वतमा गएको हो । यो भूकम्प पृथ्वीको करिब २१३.५ किलोमिटर तल गएको हो ।
 
भूकम्पबाट हजारौं घर भत्किएका छन् । कयौं स्थानमा पहाडै खसेर पहिरो झरेको छ । दुबै देशका सरकारले प्रभावित क्षेत्रमा बचाउका लागि सेनाका जवानलार्इ पठाइसकेका छन् ।
पाकिस्तानी सेनाका प्रमुख जनरल राहिल शरीफ खबर पख्तुनख्वा आफैं पनि कयौं ग्रामीण इलाकामा उद्धारका लागि सेनासहित परिचालित भएका छन् ।
 
पाकिस्तानी सेनाको मिडिया इकाइका महानिर्देशक लेफ्टिनेन्ट जनरल आसिम बाजवाले ट्वीट गर्दै भने, ‘सेना प्रमुख पेशावरस्थित कोर मुख्यालय पुग्नुभएको छ ।कोर कमाण्डर (पेशावर हिदायत-उर-रहमान) ले उहाँलार्इ नोक्सानको आँकलनबारेमा जानरी गराए ।’
पाकिस्तानी मिडियाका अनुसार खबर पख्तूनख्वा प्रान्त र संघ प्रशासित क्षेत्र (फाटा) मा १९१ मानिस मारिएका छन् । त्यसैगरी पञ्जाब प्रान्तमा पाँच र पाकिस्तान नियन्त्रित कश्मिर तथा गिलगित बाल्टिस्तानमा चार मानिसको मृत्यु भइसकेको छ ।
 
समाचार अनुसार पख्तूनख्वामा ९५६ मानिस घाइते भएका छन् । भूकम्पबाट सबैभन्दा प्रभावित मालाकन्द इलाका रहेको छ, जहाँ १३७ जना मानिसको ज्यान गएको छ ।
प्रान्तीय दैवी प्रकोप प्राधिकरणले जिल्ला प्रशासनलार्इ निर्देशन दिँदै बचाउ एवम् राहत कोषको प्रयोग गर्न भनेको ५ । सबै सरकारी अस्पतालमा आपातकालिन स्थिति घोषित गरिएको छ । प्रभावित इलाकामा आवश्यक वस्तु पठाइसकिएको छ । खबर अनुसार पख्तूनख्वाहको चितराल, स्वात, शाङ्गला, डिर र बुनेर जिल्लामा कयौं घर ढलेका छन् ।
 
 
पाकिस्तान मौसम विज्ञान विभागले जनाएअनुसार यस भूकम्पको पहिलो झट्का सोमबार दिउँसो करिब २ बजेर ९ मिनेटमा महसुस गरिएको थियो ।
पहाडी इलाकामा ठूला पहिरो झरेको पनि समाचार आइरहेको छ । यो अवस्थामा ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...