दक्षिण कोरियाका श्रमिक खेलाडीहरु मैंत्रीपुर्ण फुटबल खेल्न उत्तर कोरियातिर लागे
सोल -दक्षिण कोरियाका श्रमिक कामदार खेलाडीहरुको एक समुह मैंत्रीपुर्ण फुटबल खेल्न उत्तर कोरिया प्रस्थान गरेको छ ।बुधबार १६२ जनाको टोली प्योंगयांग प्रस्थान गरेको हो ।
८ बर्षपछि कोरियन ट्ेड युनियन र कन्फिडेरेसन अभ टे्रड युनियनका खेलाडीहरु ४ दिने मैंत्रीपुर्ण खेल खेल्न प्लेन चार्टड गरेर उत्तर कोरिया गएका हुन ।
बिहिबार र शुक्रबारको मैंत्रीपुर्ण खेलपछि दक्षिण कोरियाका खेलाडीहरु त्यहां आयोजित डिनरमा सहभागी हुनेछन् ।शनिबार भने उत्तर कोरियाका औंधोगिक क्षेत्र ,सांस्कृतिक धरोहर घुमेर स्वदेश फर्कने भएका छन् ।
दुवैं देशका श्रमिकहरु सम्मिलित फुटबल खेल यस अघि सन १९९९ मा प्योंगयांगमा र सन २००७ मा दक्षिण कोरियाका छांगवन शहरमा सम्पन्न भएको थियो ।