एनसीसी कोरियाले रहत कोषबारे अन्तरक्रिया गर्ने
सोल-नेपाल सम्पर्क समिति कोरियाले अल्पकालिन र दिर्धकालिन राहत कोषको अवधारणामा बृहत् रूपमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ |
आउदो नोभेम्बर १५ तारिख सोलको सिल्सदोङस्थित नेपाल हाउसमा हुने कार्यक्रममा आपतकालीन र दिर्धकालिन राहत कोष स्थापना छलफल हुने जनाइएको छ |
सो कार्यक्रममा कोरियामा रहेका सबै संघ सस्था,बुद्विजिबी ,ब्यापारी ,विद्यार्थी ,मजदुर ,समाजसेबि ,पत्रकार तथा सम्पुर्ण नेपालीहरू विच बृहत छ्लफल मुख्य विषय हुने जनाइएको छ ।
कोष स्थापनाका सोही अवसरमा चियापान कार्यक्रम समेत रखिएको छ दीर्घकलीन रहत कोष स्थापना बारे छलफल हुने भएकाले एनसीसीले कोरियामा रहेका सबै नेपालीलाई उपस्थितिको लागि अनुरोध गरेको छ |