अब देखि कोरियावाट पठाएको पैसा बैधानिक रुपमा एकै दिनमा नेपालमा पाउने
सोल – ग्लोबल आइएमइ बैंक र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (ईबिके) बीच गत शुक्रबार रेमिट्यान्स कारोवार सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स एकै दिनमा आफन्तहरुले प्राप्त गर्न सक्ने छन् |
सम्झौतापत्रमा – ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावली र आईबिके बैकका जेनेरल म्यानेजर ली डोङ्ग जियोपले हस्ताक्षर गरेका थिए |
दुई बैक बीच भएको रेमिट्यान्स सम्झौतावाट कोरियामा रहेको ३३ हजार भन्दा बढी नेपाली लावान्धित हुने अपेक्षा गरिएको छ | कोरियामा कार्यरत ९०% भन्दा बढी नेपालीहरुले अबैध हुण्डी मार्फत पैसा पठाउने गर्छन |
पछिल्लो चरणमा नेपाल सरकारले अबैध हुण्डी कारोवार रोक्न कडा नीति अपनाउने संकेत दिएको छ | केही हप्ता अघि मात्र काठमाडौ अबैध रुपमा संचालित सुन्धारा, न्युरोड र ठमेल क्षेत्रमा महानगरीय प्रहरी अपराध महाशाखाले छापा मारि ९ जना पक्राउ गरि २ करोड ६१ लाखभन्दा बढी बरामद गरेको थियो |
नेपालीहरुले दु:ख गरेर कमाएको पैसा बैधानिक रुपमा सहज , सरल र सुरक्षित तरिकाले नेपाल पठाउन ब्यबस्था गरेको बजार व्यवस्थापक बबी राज मुल्मीले फोनिजकोरियालाई बताए | नेपालीहरुलाई सुबिधाको लागि आन्सान र सोलको ईथेवनमा हरेक आईतबार खाता खोल्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए |
खाता खोल्दा आवश्यक पर्ने कागज पत्रहरु
१ – पासपोर्ट
२ – फोटो (दुई प्रति )
३ – एलियन कार्ड
पुनश्च – पुरानो खाता हुनेहरुले यो सुबिधा लिन खाता रीकनेक्ट गर्नु पर्ने छ | आन्सान र ईथेवन आउन नसक्नेले आईबिके बैकको कुनै पनि शाखामा खाता खोलेर ग्लोबल आइएमइ बैंक कोरियाका बजार व्यवस्थापक बबी राज मुल्मीको ईमेलमा खाताको डिटेल पठाएर सुबिधा लिन सक्नु हुनेछ |
थप जानकारीको लागि –
बबी राज मुल्मी – ०१०- ५८५४ -५३८६
ईमेल ठेगाना – [email protected]