होशियार स्मार्टफोनले आँखाको ज्योति गुम्न सक्छ
सोल -दक्षिण कोरिया प्रविधिमा निक्कैं अघि छ यसको मतलव प्राय स्मार्ट नबोक्ने शायद कमैं होलान् ।असी प्रतिशत जनसंख्याले स्मार्ट फोन चलाउँछन् । यही हप्तामात्र कोरियाका एक आँखाविज्ञहरुको टोलीले गरेको अध्ययनले के देखाएको छ भने स्मार्टफोनमा धेरैं समय व्यतीत गर्नु आँखाको लागि धेरैं खतरनाक भएको दाबी छ ।
कोरियन ओपथालोमोलोजिकल समाजका अनुसार १० बर्ष यता कोरियामा आँखा सुख्खा हुने रोगबाट ग्रसितको संख्या दोब्बर भएको छ । १ लाख १० हजारबाट बढेर २ लाख १० हजार पुगेको छ ।जसमा युवाको संख्या १९५ प्रतिशतले वृद्धि भएको छ भने ३० बर्षदेखि ४० बर्ष उमेर समुहका २०७ प्रतिशतले आँखाको बिरामी बढेको पाइएको छ ।
स्मार्टफोन तथा कम्प्युटरमा धेरैं समय व्यतीत गर्नाले आँखा रातो हुने,सुख्खापन बढने,टाउको दुख्ने हुनुको साथैं दृष्टि समेत कमजोर हुने अध्ययनले देखाएको छ ।समयमा सचेत नभएमा आँखाको ज्योति गुम्ने खतरा बढने विज्ञहरु बताउछन् ।