कोरियामा विवाह गर्नेहरुको संख्या घटदो,किन बढदैंछ डिभोर्स गर्ने जोडीहरुको संख्या ?
सोल -दक्षिण कोरियामा विहाहित जोडीहरुले व्यतीत गरेको समयलाई आधार मानेर गरेको एक सर्वेक्षणमा २० बर्ष भन्दा बढी समय संगैं बिताएका दम्पतीहरुले धेरैं जसो छोडपत्र गर्ने गरेको कोरिया अदालतले बताएको छ ।
कोरिया अदालतले बिहिबार जारी गरेको रिपोर्ट अनुसार विवाहित जोडीहरु जसले एक साथ २० बर्ष भन्दा बढी समय दाम्पत्य जीवन बिताएका छन्,२८.७ प्रतिशतले छोडपत्र गरेका थिए ।सन २०१४को रिपोर्टमा डिभोर्स गर्ने जोडीको संख्या १ लाख १५ हजार ५ सय १० मध्ये ३३ हजार १ सय ४० जना सो उमेर समुहमा पर्छन् अर्थात २० बर्ष बढीसंगैं जीवन बिताएर पनि छोडपत्र गरेका थिए भने सो संख्या सन २०१० मा २३.८ प्रतिशत थियो ।
त्यसैगरी बालबच्चा नपाईकन डिभोर्स गर्ने जोडीहरु पहिलोपटक ५० प्रतिशत नाघेको समेत तथ्यांकले देखाएको छ । पाँच बर्ष भन्दा कम समय बिताएका जोडीहरुले भने कम मात्र डिभोर्स गर्ने गरेको पाइएको छ । जसमा सन २०१४मा २३.५ प्रतिशत छ भने सन २०१० मा २७ प्रतिशतले ५ बर्ष भन्दा कम समय दाम्पत्य जीवन चलाएका थिए ।कोरियामा विवाह गर्नेको सख्या पनि घटेको छ ।गत बर्ष ३ लाख ७ हजार ४ सय ८९ जना विवाह बन्धनमा बाँधिएका थिए सो संख्या सन २००७ मा ३ लाख ४८ हजार २ सय २९ थियो ।
कोरियामा डिभोर्स गर्नेको संख्या बढनुमा आर्थिक कठिनाइ (११.६ %),पारिवारिक झगडा (७.१ %),मानसिक तथा शारीरिक र्दुव्यवहारको कारणल ४ प्रतिशत रहेको उल्लेख छ ।