एमटियु र कोरियन मजदुर महासङ्घले अन्तरक्रिया र चियापान कार्यक्रम गर्ने
सोल – प्रवासी मजदुर संघ एमटियु ( माइग्रान्ट ट्रेड युनियन ) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ केसिटियु ले नोभेम्बर १५ तारिक आइतबारका दिन अन्तरकृया तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
प्रवासी मजदुरहरुको हक अधिकार सुनिश्चित गर्न एक दशक अघी सन २००५ मा स्थापना गरिएको प्रवासी मजदुर संघ एमटियु र कोरियन मजदुर महासंघ केसिटियुले कोरियामा रहेको सम्पूर्ण प्रवासी मजदुरहरुलाई मजदुर नीति-नियम र कानुन बारे जानकारी दिने कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ ।
रोजगार अनुमति प्रणाली (ईपिएस )अन्तर्गतको नियम , मजदुर कानुन ,सरकारले परिबर्तन गर्न गईरहेको नयाँ मजदुर कानुन र त्यसबाट मजदुरहरुलाई पर्ने असर ,औधोगिक दुर्घटना र क्षतिपुर्ति ,कम्पनीको समस्या समाधान लगायत विभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले उक्त १५ तारिखका दिन ” प्रवासी मजदुरको समस्या समाधानमा मजदुरको भूमिका ” बिषयमा अन्तरकृया साथै चियापान कार्यक्रम आयोजना गरिएको एमटियु अध्यक्ष उदय राईले जानकारी दिए ।
१५ तारिक अाइतबारको दिन एमटियुकै हलमा गर्न लागिएको बिशेष अन्तरक्रिया तथा चियापान कार्यक्रममा उपस्थित भएर मजदुर नीती नियम ,मजदुर अधिकार साथै दक्षिण कोरियामा रहँदा बस्दा के कस्तो मजदुर अधिकारहरुको बारे जान्न आवश्यक हुने रहेछ भनेर जान्नको लागी उक्त कार्यक्रममा उपस्थिती भई दिनुहुन कोरियाबासी सम्पूर्ण मजदुर , समाजसेवी ,पत्रकार्, बिधार्थी, ब्यापारी सबैलाई युनियनले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम मिति : २०१५ नोबेम्बेर १५ तारीख
समय : दिनको १ बजे
स्थान: एमटियुको कार्यालय ,सउल बुल्ख्वांग , रेल लाइन न ३ बुल्क्वांग स्टेसन गेट न २ ( 서울 지하철 ३ 호선 불광역 २ 번 출구 이주노동자노동종합)
सम्पर्क ब्यक्तीहरु :-
उदय राई ०१०–५६७५–२०११
दुर्गा भट्टराई : ०१० – ४८३८ -५९४८
रोशन न्यौपाने :०१०- ४८८९-०११५
कृष्णहरि आचार्य :०१०-४८९७ -८२९४
दिनामनी पौडेल :०१०–५९३३–१३२९
रोशन राई :०१०–८६७३–१४२२