झापा मिलनको १ तोला सुन ज्ञवालीको पोल्टामा
समिर पैाडेल
सुवन-यही २०१५ नोबेम्बर ८ तारिक झापा मिलन समाजले आयोजना गरेको चिठा कार्यक्रमको पहिलो पुरस्कार गुल्मीका प्रेम ज्ञवालीलाई परेको छ चिठा नं ( ००४२१८) रहेको छ । ज्ञवालीले पहिलो पुरस्कार स्वरूप १ तोला सुन प्राप्त गरेका हुन् |
झापा मिलन समाज दक्षिण कोरियाले परोपकार-कोष स्थापनार्थ दसैँ तिहारको अबसर पारेर उक्त चिठा कार्यक्रमको आयोजना गरेको हो । भाग्यशाली उपहार योजना २०१५ को नतिजा आज सार्बजनिक आज भएको छ ।
पुर्बाअञ्चल सरोकार समाजले आयोजना गरेको शुभकामना तथा भेटघाट कार्यक्रममा बिजेताहरुको गोलाप्रथाबाट घोषणा गरियो जसअनुसार बिजेताहरुको नामावली तथा चिट्ठा नम्बर यस प्रकार रहेको छ|
अन्तमा यस चिट्ठा कार्यक्रमलाइ आहोरात्र खट्दै सफल बनाइदिनु सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेको छ । साथै आगामी दिनहरुमा पनि हामी प्रति यहाहरुले ब्यक्त गर्नु भएको माया, सदभाब र सहकार्यलाई नमन गर्दै यो सम्बन्ध यहि गतिमा अगाडी बड्ने विश्वास ब्यक्त गरेको छ ।
झापा मिलन समाजले बिगत लामो समय देखी आपत र बिपतमा परेका नेपालीहरुलाई खान र बस्नको ब्यबस्था सहित सुवनमा अबस्थित न्यू पाथिभरा हाउस संचालन गरिरहेको छ । उक्त हाउसमा कोरियामा पुर्ब मेची देखी महाकाली सम्मका जो जहाँका भएपनि आपतमा परेर काम छोडेर बसेका नेपालीहरुको लागी न्यू पाथिभरा हाउसको ढोका सधै खुला रहेको कुरा समाजका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।
पुरस्कार नतिजा यस प्रकार रहेको छ :-
पुरस्कारहरु बिजेताको नाम टिकट न : सम्पर्क . नम्बर
प्रथम- (१ तोला सुन ) प्रेम ज्ञवाली ००४२१८ ०१०२८२८६९०१
दोस्रा- ( HPल्यापटप ) भिम राई ००४४३९ ०१०७३१४७६६६
तृतीय -(नोट ३ मोबाइल ) अग्नि लिम्बु ००४००३ ०१०२७७६८८२५
सान्तवना-(Bluetooth set) एकल यात्री ००४२६५ ०१०२१७८०५७८
नारायण बेलबासे ००४२७६ ०१० ४८८२४७०
रबि शर्मा ००४०७४ ०१०५९४२२७६९
श्गिताराम सापकोटा ००४१७० ९८४५०५३७८७