प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने
सोल/कोरिया ,प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको मंगलबार एक महिना पुग्न लागेको अवसरमा देशबासीलाई सम्बोधन गर्न लागेका हुन् ।
एमालेका अध्यक्ष समेत रहेका ओलीले केही कार्यक्रमहरु घोषणा गर्ने बताईएको छ । एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलको समर्थनमा ओली असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले २५ गते सपथ लिएर पदभार ग्रहण गरेका थिए ।
सोमबार राप्रपा नेपालका दुई राज्यमन्त्री र दुई सहायकमन्त्रीलाई नियुक्त गरेपछि संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधनको तयारी भइरहेको जानकारी दिएका हुन् ।
करिब एक महिना पुग्न लाग्दा सम्म पनि ओली सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।