कुन फलफुल बढी रुचाउँछन् ? कोरियनहरुले
सोल -तपाईलाई झट्ट फलफुल भन्नासाथ मनमा के आउँछ ?अंगुर,स्याउ,नास्पाती,केरा,लिची,आँप,भुईकटर या अन्य अरु कुनैं? मानिसको आ आफना रुचि हुन्छ । कसैंलाई लिचि मन पर्ला कसैंलाई आँप,अंगुर आदि तर कोरियनहरुले भने फलफुल मध्येमा विषेश गरी स्याउ रहेको एक अध्ययनले देखाएको छ ।
ग्रामीण विकास प्रशासनले गरेका अध्ययन सो तथ्य देखाएको हो ।अध्ययनकर्ताहरुले सन २००९को डिसेम्बरदेखि सन २०१३ सम्म ७ सय ३२ घरले किन्ने गरेको फलफुलको अध्ययन गरेको थियो ।उक्त अध्ययनले प्रतिबर्ष औंसत८५ हजार ४ सय ७३ वनको सबैं भन्दा बढी स्याउ किन्ने गरेको तथ्य देखा परयो ।
विषेश गरी विभिन्न चाडबाड जस्तैं चुसक,धन्यवाद दिंदा स्याउको बढी प्रयाग हुने गरेको छ ।त्यसैंगरी अन्य फलफुलहरुमा अंगुर,खरभुजा,स्ट्रबेरी आदि कोरियनहरुल विषेश मन पराउने फलफुलमा पर्दछन् ।