कोरिया सरकारले बाँध निर्माणमा २ खर्ब बढी लगानी गर्ने
सोल -दक्षिण कोरिया सरकारले बाँध निर्माण गर्नका लागि २ खर्ब वन बढी लगानी गर्ने भएको छ ।बुधबार कोरिया सरकार र रुलिंग सिनउरी पार्टीले आगामी बर्षको लागि २ खर्ब ३ अरब ७०करोड वन बराबरको बजेट बाँध निर्माणका लागि छुट्टयाउन सहमत भएका छन् ।
कोरियामा पानीको समस्या बढदैं गएको हुनाले सो बजेट कोरियाका ४ वटा मुख्य खोलाहरुबाट समस्याग्रस्त क्षेत्रमा पानी पुराउनको लागि बाँध निर्माणमा खर्च गरिने सिनउरी पार्टीले बताएको छ । ७० करोड भन्दा बढी १६ वटा नयाँ निर्माण हुने बाँधमा पानी संरक्षित गर्न सकिन्छ ।
कोरिया सरकारले हांगगांग,नाक्दोंगगांग,खिउमगांग र योंगसांगगांगमा ती बाँधहरु निर्माण गर्ने भएको हो ।