पेरिस आक्रमण पछि सोलमा पनि उच्च सुरक्षा सतर्कता
सोल – फ्रान्सको राजधानी पेरिसमा १२९ जनाको ज्यान जाने गरि भएको आतंककारी हमला पछि दक्षिण कोरियाली सरकारले पनि देशमा हुन् सक्ने संभावित आतंककारी आक्रमण रोक्न सोलको सुरक्षा व्यवस्था कडा बनाईएको छ |
महत्वपुर्ण सार्वजनिक स्थल , सिमानामा पनि सुरक्षा व्यवस्था कडा बनाईएको प्रधानमन्त्रि ह्वांग क्यो -अह्नले बताएका छन् |
यसै गरि सम्भावित आतंककारी आक्रमण रोक्न बिद्यालय , सम्पूर्ण बिदेशी दुताबास लगायत फ्रेन्च दुताबासमा सुरक्षा गस्ती बढाईएको छ |दक्षिण कोरियाका सबै अन्तराष्ट्रिय बिमान स्थल देखि लिएर समुन्द्री नाकाहरुमा पनि सुरक्षा जाच कडा पारिएको जनाईएको छ |
फ्रान्समा १४,००० कोरियन नागरिक बसोबास गर्दै आएको र गत शनिवार राती भएको आतंककारी हमलामा कुनै पनि कोरियन नगारिकको हताहती भएको खबर नआएको पनि कोरिया सरकारले जनाएको छ |
१४,००० कोरियन नागरिक मध्ये करिव ९,००० राजधानी पेरिसमा बस्दै आएका छन् |