कोरियामा सरकारविरोधी प्रदर्शन
सोल-दक्षिण कोरियाको राजधानी सोलमा अहिलेसम्म कै ठूलो मानिएको सरकार विरोधी प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरुले राष्ट्रपति पार्क गुन हेको राजीनामा मागेका छन् । दशौं हजार प्रदर्शनकारी सरकार विरोधी मार्चमा सहभागी भएको प्रहरीले जनाएको छ । प्रदर्शनमा विभिन्न समूह सहभागी भएका छन् ।
श्रम संगठनहरुले राष्ट्रपतिको व्यापारिक नीतिविरुद्ध प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनकरी र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप हुँदा केही घाईते भएका छन् ।
कोरियामा राष्ट्रपति पार्क गुन हेको श्रम बजार सम्बन्धी नीति विवादित मानिन्छ । दुई वर्ष अगाडी निर्वाचित पार्क कोरियाको पहिलो महिला राष्ट्रपति हुन् ।