संयुक्त राष्ट्रसंघका महासचिवन वान कि मुनले उत्तर कोरिया भ्रमण गर्ने
सोल-संयुक्त राष्ट्रसंघका महासचिवन वान कि मुनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् | महासचिव वानले यो हप्ताभित्रै उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरेको दक्षिण कोरियाली संचार माध्यमहरुले जनाका छन ।
राष्ट्रसंघका उच्च अधिकारीलाई उद्धृद गर्दै महासचिव वानले उत्तर कोरियाको भ्रमणको तयारी गरेको समाचारमा जनाइएको हो । राष्ट्रसंघले भने यो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
राष्ट्रसंघका महासचिवले गएको २० वर्षदेखि उत्तर कोरियाको भ्रमण गरेका छैनन् । वानले भ्रमण गरेमा यो राष्ट्रसंघका महासचिवको २० वर्षमा पहिलो भ्रमण हुनेछ ।
यसअघि गएको मेमा पनि महासचिव वानले उत्तर कोरियाको भ्रमण गर्ने तय भएको थियो । तर भ्रमण सुरु हुन भन्दा एक दिन अघिमात्रै वानको उत्तर कोरिया यात्रा रद्द भएको थियो ।
उत्तर कोरियमाथि उसको रसायनिक कार्यक्रमको विषयलाई लिएर संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र अमेरिकाले प्रतिबन्ध लगाउँदै आएका छन् ।
महासचिव वानको भ्रमणको दिन नतोकिएको भए पनि उनले भ्रमणको क्रममा उत्तर कोरियाका नेता किम जोन उनसँग भेटवार्ता गर्ने जनाइएको छ ।