स्याङ्जा परिवारको बार्षिक भेला, सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न
सोल कोरिया
नेपाली चाड दिपावालीको अवसर पारेर स्याङ्जा परिवार दक्षिण कोरियाकाे वार्षिक भेला, सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । सोलको दोङ्देमुन स्थित सेमाउल बैंकको सभाहलमा आईतबार कार्यक्रम सम्पन्न भएको हो ।
कोरियाका लागि नेपाली राजदुताबास कोरियाका सहचार्य रमेश गैह«ेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा संस्थालाई नैतिक, भौतिक र आर्थिक सहयोग गर्दै आएका भुमिजङ्ग राना, सपना शर्मा, हिमानी गुरुङ्, कल्पना गुरुङ् लगायत आधा दर्जनलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
त्यस्तै स्याङ्जालीको तर्फबाट कोरियामै स्थापित संघसंस्थाहरुमा प्रतिनिधित्व गर्न सफल भावना गुरुङ्, नोमराज गुरुङ् लगायतलाई खादा लगाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
सोहि अवसरमा कोरियाको ५ वर्षे बसाई सकाएर अगामी डिसेम्बरमा नेपाल फर्कन लागेका संस्थाको बारिष्ठ उपाध्यक्ष दिपेन्द्र अधिकारी, सहसचिव मित्रबन्धु काफ्ले, सदस्य मणिप्रसाद खनाल र भलिब सहसंयोजक लेशन गुरुङ्लाई बिदाई गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैह«ेले बिदाई भएर जाने चार स्याङ्जालीहरुलाई कोरियामा सिकेका ज्ञानसिपलाई नेपालमा प्रयोगमा ल्याउन सुझाव दिएका थिए । हामी सकेसम्म आफ्नै मुलुकमा रोजगार बनौं गैह«ेको भनाई थियो ।
सो अवसरमा संस्थाका सल्लाहकार एवं बौद्ध परिवार कोरियाका अध्यक्ष ईश्वर गुरुङ्, परिवारका निर्वतमान अध्यक्ष मिलन राना, कोषाध्यक्ष गुनबहादुर राना लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष टेक रानाले वार्षिक आर्थिक प्रतिवेदन र वाईबी थापाले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष धर्म गुरुङ्को अध्यक्षतामा भएको औपचारिक कार्यक्रम समापन पश्चात दिपावाली शुभाकामना साटासाट एवं सांस्कृतिक कार्यक्रम भएको थियो ।