Advertisement
SKIP THIS

चिसोबाट बच्न के गर्नुपर्छ ?


१.छालाको हेरचाह – चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ ।

 

२.खानपानमा ध्यान – जाडोमा घाममा बस्ने तथा आगो या हिटर ताप्ने भएकाले शरीरभित्र पानीको मात्रा कम हुन जान्छ । त्यसकारण चिसोमा पानी लगायतका झोलिलो कुरा बढी सेवन गर्नुपर्छ । तर चिसो होइन, तातोमा जोड दिनुपर्छ । पानी पनि तताएर पिउनुपर्छ । खानेकुरा पनि तातो नै खानुपर्छ । तातो झोल र प्रोटिनयुक्त खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
योबेला चुरोट, बिडी, चिया कफी र मदिरा बढी सेवन गर्ने चलन छ । जुन स्वास्थ्यका लागि राम्रो होइन । यसले क्षणिक रुपमा तातो भएको जस्तो लागे पनि त्यस्तो हुँदैन । स्वास्थ्यलाई नकारात्मक असर गर्छ । चिया र कफीको मात्रा कम हुनु राम्रो हुन्छ । जाँडरक्सी र चुरोटबिडी त सेवन नै गर्न हुँदैन ।
३.आगो र हिटरको प्रयोग कम-जाडोमा आगो ताप्नु राम्रो भए पनि हिटरले नकारात्मक असर पुर्याउन सक्छ । झ्यालढोका थुनेर हिटर बाल्न हुँदैन । एकछिन कोठा तताएर निभाउनुपर्छ । नत्र कार्बन मोनोअक्साईड ग्यासले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै मान्छेको ज्यानै जाने सम्भावना समेत हुन्छ । आगो पनि धेरै ताप्न हुँदैन । घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ ।
४.चिसो र तातोको सन्तुलन-चिसोबाट एकैपटक धेरै तातो पार्दा शरीरलाई बेफाइदा हुन्छ । त्यसैले धेरै चिसो भएको छ भने एकैपटक आगोको छेउमा जान हुँदैन । शरीरलाई बिस्तारै तातो बनाउनुपर्छ । तातोपानीले नुहाउनु राम्रो भए पनि पानीलाई शरीरले सहनसक्ने मात्र बनाउँदा राम्रो हुन्छ । अर्थात मन तातोभन्दा पनि कम तातो भएको पानी उपयुक्त हुन्छ ।
५.रुघाखोकीलाई औषधि हैन- सामान्य रुघाखोकीका लागि औषधिभन्दा घरेलु उपचार नै राम्रो हुन्छ । तातोपानी, पानीको बाफ र झोल खानेकुराले रुघाखोकी निको पार्छ । रुघाखोकी लाग्दा सकभर बाहिर ननिस्कँदा राम्रो । निस्कनै परे रुमालले नाकमुख छोप्नुपर्छ । स्वस्थ मान्छेले रुघाखोकी लागेको मान्छेबाट टाढा बस्नुपर्छ । ज्वरो नै आयो भने स्वास्थ्य संस्थामा जाँच गर्न जानुपर्छ । रुघाखोकीका लागि मात्रै चाहिँ घरेलु उपचार नै उपयुक्त हुन्छ । तर, एकहप्ताभन्दा बढीरुघाखोकी लागिरहृयो भनेचाहिँ जाँच गराउन जानुपर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...