जनसम्पर्क समितिको अधिवेशन तयारी पूरा


सोल-नेपाली कांग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाको अधिबेशन तयारी पुरा भएको जनाइएको छ |

 

 

आउदो २२ नोभेम्बरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं यूवा नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यमा हुन लागेको अधिबेशनका लागि  यस अघिनै क्षेत्रीय अधिबेशन सकिएको  जनसम्पर्क महामन्त्री प्रकाश वलीले बताए |

 

 

अधिबेशनलाई ब्यबस्थित गर्न सभापति नवराज शिवाकोटीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने   डा. अग्निराज कोईरालाको संयोजकत्वमा प्रकाश धमला र लक्ष्मण भन्ताना सदस्य रहको  विधान संशोधन  समितिले पनि विधान सम्बन्धि संशोधित कार्य सकेर केन्द्रीय समिति बैठकबाट पारित विधानलाई अनुमोदनका लागि अधिबेशन  हलमा लाने तयारी गरेको छ |

 

 

त्यसैगरी प्रकाश धमालाको संयोजकत्वमा अनिराज कोईराला, टंक बानिया,राजन श्रेष्ठ र जितेन्द्र उपाध्याय”जितू” सदस्य रहको  निर्वाचन समितिले पनि निर्वाचन सम्बन्धि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ  ।

 

 

अधिवेशन प्रतिनिधि कृयाशिल छानबिन सभापति नवराज शिवाकोटीको सयोजकत्वमा महामन्त्री प्रकाश वली र अनुशासन विभाग प्रमुख लक्ष्मण भन्तानालाई दिइएको छ । भने प्रचारप्रसारको जिम्मा सह- महामन्त्री जीतेन्द्र महतलाई दिईएको छ |

 

 

अधिवेशनलाई अनुशासित पूर्वक सपन्न गर्न स्वयंसेवक परिचालनको जिम्मा हरि गौतमलाई दिईएको छ । त्यस्तै गरि हल व्यवस्थापनको जिम्मा कोषाध्यक्ष खर्क डांगी, केन्द्रीय सदस्य रामु कार्की, पूर्व पदाधिकारी गणेश तिमिल्सिना लगायतलाई दिईएको छ । अधिवेशनलाई सभ्य र भव्यरुपले सम्पन्न गर्न अतिथि स्वागत, सत्कार लगायत अन्य विभिन्न उप-समिति बनाईएको छ ।

 
अधिवेशनको सरगर्मी बढेसंगै सभापति नवराज शिवाकोटी लगायतका पदाधिकारीहरुले आसन्न  सभापतिका प्रत्यासीहरुसंग सम्बाद थालेर सर्वसम्मतको नेतृत्व चयन गराउन पहल थालिएको बताईएको छ ।

 
अधिबेशन निम्न अनुसार हुनेछ :-
मिति – २२, नोभेम्बर , २०१५
स्थान- हेह्वास्थित ह्वासु ह्वेग्वान (तेसो महाधिवेशन भएको हल)
जाने तरिका-लाईन न. ४ ,ह्वेवा स्टेसन, गेट नं. ४ र ५ बाट सिधा हिडेर ५ मिनेट
समय- दिउँसो ठीक १२ बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...