आतंकवादी समुहमा संलग्न रहेको आशंकामा कोरियन प्रहरीद्धारा ईण्डोनेशिन पक्राउ
सोल –दक्षिण कोरियाको प्रहरीले आतंकवादी समुहमा संलग्न रहेको आशंकामा एक ईण्डोनेशियन नागरिकलाई पक्राउ गरेको छ ।बुधबार प्रहरीले जनाए अनुसार अल कायदासंग संलग्न रहेको आशंकामा ३२ बर्षीय ती ईण्डोनेशियन नागरिकलाई पक्राउ गरेको हो।छुंगछंग प्रान्तमा बस्दैं आएका ती व्यक्तिलाई सिरियाका अल कायादा संबद्ध अल नुस्रा फ्रन्ट नामक संगठनमा केही महिनादेखि संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ ।
नक्कली पासपोर्ट लिएर ती व्यक्ति सन २००७ सालमा कोरिया आएको र उनको साथबाट प्रहरीले M 16 राइफल,चक्कु र केही ईस्लामिक पुस्तकहरु नीजको आवासबाट बरामद गरेको कोरियन प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आतंकवादी दाबी गरिएको ती व्यक्तिले गत अप्रिल महिनामा सामाजिक सञ्जालमा आतंकवादी संगठनको झण्डा सोलमा हल्लाईरहेको भिडियो पोस्ट गरेको पाइएको छ ।राष्ट्रिय सुरक्षा विभागले संसदमा पेस गरेको रिपोर्टमा एक दर्जन बढीले कोरियामा ईस्लामिक स्टेटको समर्थन गरेको जनाएको छ ।प्रहरीले आइ एस आइमा संलग्न रहेको आशंकामा कोरिया आएका २ सय सिरियाका शरणार्थीको खोजीलाई तीव्र बनाउने भएको छ ।
फ्रान्सको राजधानी पेरिसमा भएको ईस्लामिक स्टेटको हमलामा परी १ सय भन्दा बढीको मृत्यु भएको थियो ।