Advertisement
SKIP THIS

५ करोड आपतकालीन राहतकोष स्थापनार्थ जापानमा महजात्रा


शान्त पहरी

सोल-  जापानमा रहेका नेपालीहरुमाथि आइपर्ने आपतकालीन समस्या समाधानकालागि एन.आर.एन.ए जापानले राहतकोष स्थापनालाई तिब्रता दिएको छ । यसकालागि एनआरएन जापानले मह जात्रा–२०१५ को आयोजना गर्ने भएको छ ।

 

 

जापानमा रहेका नेपालीहरुलाई अपरझट् रुपमा आइपर्ने समसया समाधान गर्नका लागि एनआरएन जापानले राहत कोष स्थापना गर्ने तयारी गरेको हो । आपतकालीन राहत कोष स्थापनाकालागि आयोजना गर्न लागिर्एको च्यारिटी शोमा नेपालका ख्यातीप्राप्त हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको सहभागिता रहने छ ।

 

आगामी डिसेम्बर २० तारिक टोकीयो, नाकानो स्थित नाकानो जिरो हलमा उक्त कार्यक्रमको आयोजना गरिने एन.आर.एन.ए जापानका अध्यक्ष तथा कार्यक्रम संयोजक सुदन थापाले जानकारी दिनु भयो । कार्यक्रममा मह जोडीका साथै अन्य चर्चित कलाकारहरुको पनि सहभागिता रहने छ । कार्यक्रममा चर्चित पुर्व मिस टीन नेपाल तथा नायिका प्रियंका कार्की , नेपाली क्रिकेट कप्तान पारस खड़का , चर्चित लोक गायक बम बहादुर कार्की, यमन श्रेष्ठ, मोहीत आचार्य, नरेन्द्र कंशाकार लगायतका चर्चित कलाकर्मी तथा मोडलहरुको सहभागिता रहने छ ।

 

 

उक्त कार्यक्रमबाट उठेको रकम एनआरएन जापानले स्थापना गर्ने आपतकालीन राहत तथा उद्दार कोषमा जम्मा गरिने छ । यसका साथै अध्यक्ष थापाले यस बृहत उधेश्यका साथ आयोजना गर्न लागिएको कार्यक्रमलाइ सफल पार्न सदा झैँ जापानबासी नेपाली समुदाय, क्रियाशील संघ सस्थाहरुको महत्वपुर्ण सहयोगको अपेक्षा सहित आ-आफ्नो ठाउ बाट सहयोग गर्नु हुन पनि अनुरोध गर्नु भएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...