कसैलाई फुलको बाटो मलाई भिर कस्ले बनायो ? – गजल
सिजन लामा (सोइसाल)
गजल
सोच्दै नसोचेको मेरो तक्दीर कस्ले बनायो ।
कसैलाई फुलको बाटो मलाई भिर कस्ले बनायो ।
करेसाको फुलबारीमा पनी किन यति असमानता ।
मलाई गरिब उसलाई झन अमिर कस्ले बनायो ।
जता ततै भोक र प्यासको हडताल पो छ यहाँ ।
जिउनै नसकिने बन्दिको यो जंजिर कस्ले बनायो ।
मेरो पीडा मेरो बेथा तिमीलाई त के थाहा ।
जिन्दगी मेरो उतारिएको त्यो तस्बिर कस्ले बनायो ।
बाच्नु त छदै छैन मैले एकपल पनी तिमी सग ।
यो सृष्टी यो संसार नै आखिर कस्ले बनायो ।
तमासा हेरी रहन्छौ कति यो दुखियाको मात्रै तिमी ।
सधै यस्तै झुलाइरहने दोधार को जागीर कस्ले बनायो ।
कहिले खुसी आउछ कहिले दुःख सजिन्छ भन्थे म ।
यो जिन्दगी सधै ढलमल सधै अस्थिर कस्ले बनायो ।
कति गर्ब छ मेरो नेपाली चन्द्र सूर्य र झण्डाको ।
स्वाभिमानी मेरो यो देशको ठाडो सिर कस्ले बनायो ।