दक्षिण र उत्तर कोरियाबीच अर्को साता वार्ता हुने
सोल -उत्तर र दक्षिण कोरियाबीच आगामी हप्ता द्विपक्षीय वार्ता हुने भएको छ। यी दुई देशबीचको वार्तालाई एक दुर्लभ राजनीतिक घटनाका रुपमा लिइन्छ।
सत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई छिमेकीले आपसमा उच्चस्तरीय वार्ता समिति गठन गर्न सहमत भएका छन् । सो समितिमार्फत आगामी हप्ता यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने भएको हो।
यस वार्ताले हालैका दिनमा सीमा क्षेत्रमा नै असहज परिस्थितका बीच गुज्रिरहेको यी दुई देशबीचको सम्बन्धमा सुधार आउनसक्ने अनुमान गरिएको बताइएको छ।
सो वार्ता आगामी नेभेम्बर २६ मा दुवै देशबीचको एक सीमा क्षेत्रीय गाउ पानुम्जामा हुने पनि तय भएको दक्षिण कोरियाबाट प्राप्त समाचारमा जनाइएको छ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले पठाएको वार्ताको प्रस्ताव उत्तरले स्वीकारेपछि सो वार्ता अघि बढेको भएको हो । यस बारेमा उत्तरले पनि वार्ता सुनिश्चित भएको बताएको छ।