कोरिया कांग्रेसमा कुँवर
सोल-नेपाली कांग्रेसको कोरिया प्रबास संगठन नेपाली जन सम्पर्क समितिको सभापति पदमा गीरिराज कुवंर निर्बाचित भएका छन् |
पाँचौं कार्यकालको लागि आज भएको अधिबेशनमा सभापति पदमा समझदारी हुन नसकेपछि भएको निर्बाचनमा गिरीले ६९ मत ल्याएर बिजयी भएका हुन् |
उनका प्रतिद्वन्दी आस्था मल्लले ६३ मत प्राप्त गरेकी छिन |
कोरियालाई ७ क्षेत्रमा बिभाजन गरेको समितिको अधिबेशनमा जम्मा १ सय ४० प्रतिनिधि सहभागी थिए |बिस्तृत बिबरणको लागि फोनिज कोरिया डटकम हेर्दै गर्नु होला |