भारतीय नाकाबन्दी बिरुद्ध कोरियामा प्रर्दशन
सोल-नेपालमा भारतले अघोषितरुपमा लगाईरहेको नाकाबन्दी बिरुद्ध कोरियामा रहेका नेपालीहरुले बिरोध प्रर्दशन गरेका छन् ।
नाकाबन्दीले नेपालको निर्बाध पारबहान अधिकार कुण्ठित गरेको र भारतले नेपालको सर्वभौमसत्ता तथा मानव अधिकारको अपमान गरेको भन्दै सोमबार सोल स्टेशनमा जम्मा भएका करिब ५ सय नेपालीले बिरोध जनाएका हुन् ।
नेपाली भेषभूषामा आएका ब्याबसायी, मजदूर, बिद्यार्थी, पत्रकार, समाजसेवीले ‘अन्र्तराष्ट्रिय कानुन र हाम्रो सर्वभौमसत्ताको सम्मान गर’, ‘नेपालमा भारतीय हस्तक्षेपको बिरोध गरौं’ भनेर लेखिएको मुख्य ब्यानर र ‘ब्याक अफ ईण्डीया’, ‘ईण्डीया रेस्पेक्ट इन्टर नेशनल ह्यूमन राईटस एण्ड ल’ ‘ईण्डीया स्टप ब्लकिङ बोडरस’ आदि लेखिएको प्ले कार्ड बोकेका थिए ।
दिउसो २ बजे शुरु भएको बिरोध कार्यक्रम १ घण्टा चलेको थियो । कार्यक्रम एनआरएनका अध्यक्ष राजु क्षेत्रीले अध्यक्षता गरेका थिए भने सपोर्ट नेपालका निर्देशक यज्ञराज सुवेदीले संचालन गरेका थिए ।
त्यसपछि कोरियाली संचारकर्मीहरुसंग पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकारहरुलई, एनआरएन आईसीसी सदस्यद्धय केपी सिटौला र विनोद कुंवरले जवाफ दिएका थिए ।
पत्रकार सम्मेलनपछि नामसान पार्क हुदै साढे ५ किलोमिटर हिडेर बिरोध र्याली ४.३० बजे ज्ञापनपत्र बुझाउन हानामदोङमा रहेको भारतीय दूतावासमा पुगेको थियो तर दूतावासले ज्ञापनपत्र लिन अस्वीकार गरेको थियो ।
दूतावास क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
ज्ञापनपत्र लिन अस्वीकार गरेपछि नेपालीहरुले ‘ब्याक अफ ईण्डीया’ भन्दै नारा लगाएका थिए । ज्ञापनपत्र मंगलबार हुलाकमार्फत पठाइने एनआरएन आईसीसी सदस्य केपी सिटौलाले जानकारी दिए । सिटौलाले भने ‘ज्ञापनपत्र अस्विकार गरेर भारतले आफ्नो हेपाह प्रवृतिको अझ पुष्टि गरेको छ , यसको शसक्त प्रतिकार संसारमा छरिएर रहेका नेपालीले गर्नुपर्छ ।’