हामिले कहिले झुकेनौ, झुक्नुहुन्न स्वाभिमानी बेचेर (गजल)
हामिले कहिले झुकेनौ, झुक्नुहुन्न स्वाभिमानी बेचेर ।
बरु बाँचुन सन्तती इतिहासको कहानी बेचेर ।
मात्र आयु नाघ्न नसकेका वृद्धश्रमका बा-आमा ।
ब्यथै हुर्काएछौ लालाबाला ,जिन्दगानी बेचेर ।
अरबमा मरेकाहरुको रगत पसिनाको सिंहसनमा बसेर ।
अन्धो सरकार मुस्कुराउछ ,राहदानी बेचेर ।
जसले देशको निम्ति प्राणको बलिदान दिएर गए ।
ती सपुतहरुको सम्मान गरिन्छ ,खरानी बेचेर ।
चुहिने छानो चुहिनै रह्यो ,प्रवासमा श्रीमान ।
क्षणमै जोडिछे महल श्रीमतीले ,जवानी बेचेर ।
भरत थापा पु.झा -सिन्धुली हाल :दक्षिण कोरिया