दुई कोरियाका अधिकारीहरुबीच उच्चस्तरीय वार्ताका लागि छलफल
सोल- दक्षिण कोरिया र उत्तर कोरियाका अधिकारीहरुका बीच वार्ता भएको छ ।बिहिबार दुई देश बीचको तनावलाई उच्च तहमा वार्ताको लागि वातावरण निमार्णका लागि छलफल भएको कोरियाली सञ्चारमाध्यमले बताएको छ ।
दक्षिण कोरिया वार्ता टोलीका प्रमुख किम कि वोंगले भने ‘हामीले हाम्रो तर्फबाट राम्रो गर्ने प्रयास गरीरहेका छौं,दुई कोरियाको वार्तालाई अघि बढाउनका लागि ।’अन्तर कोरियन संबन्धलाई सुधार गर्न यो छलफलले भुमिका खेलेको विज्ञहरुको दाबी छ । एक अधिकारीको अनुसार दुई कोरियाका प्रतिनिधिहरुले वार्तामा उच्च तहको वार्ताको लागि समय तोक्ने,छलफलको एजेण्डा लगायतमा छलफल गरेका छन् ।
दक्षिण कोरियाले दुई कोरिया बीच सन १९५० -५३ मा भएको युद्धमा विभाजित भएका परिवारका आफन्तहरुलाई नियमित भेट गराउने कुरोमा जोड दिने भएको छ । करिब ६० हजार कोरियन नागरिक जसको आफन्तजन उत्तर कोरियामा रहेका छन् ।
सन २०१३ जुनमा उच्च वार्ता गर्ने भनेर दुई कोरिया सहमत भएता पनि हालसम्म हुन सकेको छैंन ।