उच्च शिक्षा हासिल गरेकाले भन्दा कम पढेकाले धेरैं कमाउँछन कोरियनहरु
सोल-दक्षिण कोरिया विश्वमा सबैं भन्दा बढी उच्च शिक्षा हासिल गर्ने राष्ट्र मध्येमा एकमा पर्छ । उच्च शिक्षित भएको यस्तो राष्ट्रका ती नागरिकहरुले जसले उच्च शिक्षा हासिल नगरेका तुलनामा कम आम्दानी गर्छन् ।
विश्वमा हेर्ने हो भने युनिभर्सिटी ग्राजुयटहरुले अरुको तुलनामा धेरैं आर्थिक आम्दानी गर्नेहरुमा पर्दछन्।ओईसिडीको रिपोर्ट अनुसार कोरियन युनिभर्सिटी ग्राजुयट गर्नेहरुले औंसत १४ लाख ५० हजार वन कमाउँछन् हाईस्कुल पास गरेकाले १० लाख वन औंसतरुपमा कमाउँछन् ।तपाईलाई विश्वास नलाग्न सक्छ हामीले १५ /२० लाख कमाउछौं भन्ने लाग्ला तर वास्विकता यही होकी भोकसनल कलेज ग्राजुयटहरुले ११ लाख ५० हजार कमाउँछन् भने उच्च शिक्षा तह हासिल गरेकाले २० लाख वन कमाउँछन् ।
कोरियामा उच्च शिक्षा हासिल गर्नेहरुको संख्या दिनानुदिन बढनाले रोजगार बजारमा निक्कैं कडा प्रतिस्प्रर्धा गर्नुपर्ने हुन्छ ।सन २००७ देखि सन २०१२को तथ्यांकले शिक्षितहरुको कमाई खुम्चिदैं गएको देखाएको छ ।६८ प्रतिशत हाईस्कुल सकेका विधार्थीहरु विश्वविधालय जाने गर्दछन् ।
विश्व बजारमा शैंक्षिक क्षेत्रको अध्ययन गर्दा कलेज उतीर्ण गरेका विधार्थीहरुले ७५ प्रतिशत भन्दा बढी कमाउँछन् हाईस्कुलको तुलनामा ।त्यस्तैं स्वीडेन,नर्वे जहाँ भोकसलन शिक्षा लोकप्रिय छन् त्यहाँ युनिभर्सिटी तह हासिल गरेकाहरुले ३० प्रतिशत मात्र कमाउँछन् ।