आदिवासी जनजाती महासंघ द.कोरियाले चलचित्र “परदेशी ” हेरिदिन अनुरोध
आदिवासी जनजाती महासंघ द.कोरियाले मगर संघ द्वारा प्रदर्शन गर्न लागिएको नेपाली चलचित्र “परदेशी” हेरेर सहयोग गरिदिनु हुन द. कोरियामा रहेका बिभिन्न संघ संस्था तथा आदिवासी तथा गैर आदिवासी नेपाली समुदायलाई हार्दिक अनुरोध गरेको छ ।
नेपालको अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ प्रदर्शन गर्न लागिएको उक्त चलचित्र यहि आउँदो डिसेम्बर ६ तारिक आईतबार को दिन दोंगदेमुन स्थित दुसान टावरको पछाडी रहेको चुन्गु कुमिन हेग्वान हलमा (एनआरएन ले चुनाब गरेको हल ) दिउसो १२ बजे प्रदर्शन हुन् गइरहेको छ ।
नेपाल मगर संघ दक्षिण कोरियाले हाल नेपाल आदिबासी जनजाती महासंघ द. कोरियाले पोखरामा पढाई रहेको बालबालिकाको लागि १० लाख वन हस्तारन्तरण गर्ने जानकारी गराएको छ । गत वर्ष पनि १६ लाख वोन सयोग गरेको जानकारी दिएको छ ।