कोरियामा नगेन्द्र थापा मगर र बिकाश बि. के को “थाहै नपाई” गीति एल्बम बिमोचन हुदै
सौल – नेपाली युवाहरुको ड्रिम ल्याण्डको रुपमा परिचित देश कोरियामा नेपाली युवाहरुले मजदुरी मात्र गरेका छैनन् ,अति ब्यस्त समयको बाबजुत पनि विभिन्न सृजनशिल काममा पनि उत्तिकै लागेका छन् |कोहि समाज सेवामा, कोहि खेलकुदमा त कोहि गित संगीतमा भने कोहि मोडलिङमा त कोहि पत्रकारितामा कोहि छायाकारमा त कोहि राजनीतिमा | कतिपयले कोरियन भाषा सिकेर आफूलाई भाषामा अब्बल बनाएका छन् त कसैले अन्य प्राबिधिक तालिम पनि लिएका छन्| मन जाँगर र लगनशील भए पछि समयलाई मिलाउदै केहि न केहि गरेकै छन् |यस्तै सृजनशिल कार्यमा लाग्ने २ जना युवाहरुले भर्खरै गीति एल्बम “थाहै नपाई ” बजारमा लिएका छन् | संयोगले एकै दिन एउटै कम्पनिमा ई. पी. यस मार्फत २०१० मा कोरिया आएका बाग्लुंगका नगेन्द्र थापा मगर र पोखराका बिकाश बि.के ले पप तथा आधुनिक गितको संगालो “ थाहै नपाई ” गीति एल्बम अडियो सीडी बजारमा लिएका छन् | नगेन्द्र थापा मगरको शब्द रचनामा गायक बिकाश बि. के को संगीत र स्वरमा रहेको गीति एल्बमलाई भाइब्स क्रियसनले बजारमा लिएको छ | ८ वटा गित भएको गीति एल्बममा मेचु धिमालले पनि स्वर दिएकी छिन् | उक्त गीति एल्बम “ थाहै नपाई ” को बिमोचन निम्न मिति समय र स्थानमा आयोजना गरिएकोले विभिन्न पेशा,व्यवसाय र रोजगारमा रहेका सम्पर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई हार्दिक निमन्त्रना गरिएको छ |
मिति : २०१५ डिसेम्बर १३ तारिख
समय :दिनको १२ बजे
स्थान : डी आर इन्टरनेसनल मार्ट ,दोंग्देमुन सौल
रचनाकार : नगेन्द्र थापा
चोखो मनले तिमीलाई रोजे
भुल भयो तिमीसंग जिउन खोजे
हुन्छ भने माफ देउ
तिमी हासीखुशी रमाउ
शब्द- नगेन्द्र थापा , स्वर/संगित- बिकास बिक
गोधुलीमा भेट्न आउछु पर्खिएर बस्नु भन्थ्यो
नजर लाग्ला दुनियाको तर्किएर बस्नु भन्थ्यो
शब्द नगेन्द्र थापा
संगित -बिकास बिक
स्वर मेचु धिमाल
गायक तथा संगीतकार बिकाश बि के ले यस भन्दा पहिले आफ्नै स्वर /शब्द/ संगितमा छिया छिया, पंछी तिमी, के कस्तो छ र नगेन्द्र थापाको शब्दमा” तिम्रै यादले” गित रेकर्ड गरि सकेका छन् |
गायक बिकाश बि के