दक्षिण कोरियाले शरणार्थीलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने
सोल-दक्षिण कोरिया सरकारले ३० लाख अमेरिकी डलर विभिन्न देशका शरणार्थीहरुलाई सहयोग गर्ने भएको छ ।कोरिया सरकार विदेश मन्त्रालयले शुक्रबार जनाए अनुसार विश्वमा शरणार्थीहरुको संख्या दिनानुदिन बढदैं गएकोले ग्रीस,स्रबिया र क्रोएसियाका शरणार्थीहरुलाई सो सहयोग गर्ने भएको हो ।
पछिल्लो समय विश्वमा द्धन्द्ध बढदैं गएको हुनाले शरणार्थीको संख्या पनि बढदैं गएको छ । यो बर्ष मात्र सिरिया, ईराक द्धन्द्धमा ८ लाख ५० हजार शरणार्थी हुन बाध्य भएका छन् ।मन्त्रालयको अनुसार सन २०१२ मा सो संख्या ३ लाख ३० हजार मात्र थियो भने २०१३ मा ४ लाख ३० हजार रहेको थियो ।
दक्षिण कोरिया सरकारले क्रमश ग्रीस,स्रबिया र क्रोएसियाका शरणार्थीलाई अमेरिकी डलर १५ लाख,१०लाख,५ लाख डलर दिने भएको छ । यो समयमा चिसो बढने भएकोले मानव संकट टार्न केही भए पनि सहयोग पुग्ने कोरिया सरकारको अपेक्षा रहेको छ ।
सबैं भन्दा बढी शरणार्थी युरोपमा ४ लाख ५० हजार छन् भने स्रबियामा २ लाख,क्रोएसियामा १ लाख ४० हजार रहेका छन् ।