IOM ले कोरियाका नेपाली मजदुरहरुको अबस्था सर्बेक्षण गरी नेपाल सरकारलाई आवश्यक सुझावहरु पेश गर्ने ।
(International Organization for Migrant) IOM ले कोरियामा कार्यरत नेपाली मजदुरहरुको अबस्था र भाबी कार्यक्रमको बारेमा सर्भेक्षण र सुझाब संकलन गरी नेपाल सरकारलाई भाबी नीति तथा कार्यक्रमको लागी आवश्यक सुझावहरु पेश गर्ने भएको छ ।
(Korea International Cooperation Agency) KOICA, Ewha Womans University र नेपाल सरकारको संयुक्त सहभागितामा IOM ले कोरियामा बिभिन्न भागमा सर्भेक्षण जारी राखेको छ । सौल,सुवोन,फेन्थेक, र आन्सन शहर गरी हाल सम्ममा करिब १८० जनाले उक्त मत सर्भेक्षणमा भाग लिएको सर्भेक्षक प्रभात पाठकले बताए । आगामी दिनमा छनान र बुसानमा पनि राय सुझाब संकलन र सर्भेक्षण गर्ने पाठकले जानकारी दिए ।
सर्भेक्षणको मुख्य उदेश्य भनेको प्रबासी मजदुरहरुको आय आर्जन र त्येसले पारेको मुख्य प्रभावको बारेमा र बचत, ज्ञान, सिप र भाबी योजनाको बारेमा रहेको छ ।
यस सर्भेक्षणले घरायसी अबस्था, सम्पति, लगानीको प्रतिफल, प्रबासमा रहँदाको अनुभव, सिप क्षमता, भाबी योजना र त्यसको लागी नेपाल सरकारले बनाउनु पर्ने नीति निर्माणको लागी आवश्यक सुझावहरु सर्भेक्षणमा समेटिएको छ ।
संकलन गरिएका राय सुझावहरु IOM ले छिटै नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ ।