सोल –स्याङ्गजा परिवार दक्षिण कोरियाले दिर्घकालिन र ब्यवस्थित शेल्टर हाम्रो स्याङ्गजा घर संचालनका लागि आर्थिक अभियान सुरु गर्ने निर्णय गरेको छ । कार्यस्थल परिवर्तन र बिरामी रहि आवासको खोजिमा रहेकाहरुको लागि थप क्षमता सहितको दिर्घकालिन शेल्टर संचालन गरिने भएको छ ।
हाम्रो स्याङ्गजा घर संचालनका लागि हिमानी गुरुङ संयोजक र कुमार थापामगर उप संयोजक रहेको आर्थिक संकलन समिति गठन गरिएको छ । परिवारको गत आइतबार बसेको बैठकले कोरियामा रहेका सबै स्याङ्गजालीहरुलाई सदस्यता बाढ्ने लक्ष्य राखेको छ । हाल तोंग्देमुनमा संचालित शेल्टरमा करिब २० जना बस्नसक्ने क्षमता छ । परिवारले सोहि शेल्टरलाइ थप सुबिधा सहित संचालन गर्न लागेको हो । सदस्यता प्राप्त गरेकाले नवीकरण गर्न र बाकी रहेका अन्य स्याङ्गजाली सबैले स्याङ्गजा परिवार दक्षिण कोरियाको सदस्यता लिनको लागि परिवारका सचिव कुमार थापामगरले अनुरोध गरे ।
स्याङ्गजा परिवारले आफ्ना शाखाहरु बुसान र थेगु क्षेत्रमा पनि विस्तार गर्न लागिएको अध्यक्ष धर्म गुरुङले जानकारी गराए । परिवारको पूर्ण बैठकले रिक्त रहेका सह सचिव र सह कोषाध्यक्षमा क्रमशः भक्त थापा र संजय्रराज पौडेललाई मनोनयन गरेको छ । सामाजिक कार्यमा अग्रणी रहेको स्याङ्गजा परिवारले स्याङ्गजा अस्पताललाइ एम्बुलेन्स र वालिंग हेल्थ पोस्टलाई भिडियो एक्सरे मेसिन सहयोग प्रदान गरेको छ । त्यस्तै परिवारले महाभूकम्प पिडित ,बाढीपिडित र अग्नि पिडितलाइ आर्थिक सहयोग गरेको छ ।