जापानको यासुकुनी बमकाण्डमा संलग्न भएको आशंकामा कोरियन नागरिक पक्राउ
सोल -जापानले एक कोरियन नागरिकलाई यासुकुनी बमकाण्डमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ ।जापानको राजधानी टोकियोस्थित यासुकुनीमा रहेको एक सार्वजनिक शौंचालयमा बम आक्रमण गरेको आरोपमा त्यहाँको प्रहरीले कोरियन नागरिकलाई पक्राउ गरेको हो ।
जापानको स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जनाए अनुसार २७ बर्षीय चोन थरका ती व्यक्तिलाई सुरक्षाकर्मीले सिसि टिभिबाट पहिचान गरेका हुन् ।प्रहरीको दाबी अनुसार चोनले नोभेम्बर २३मा सार्वजनिक शौंचालयमा बम राखेका थिए ।हालैं पुन जापान गएका चोनलाई सिसि टिभि को फुटेजको आधारमा पक्राउ गरिएको हो ।
जापानीज प्रहरीले बुधबार बिहान चोनलाई पक्राउ गरिएको जानकारी कोरियन दुतावासलाई गराएको थियो ।शौंचालयमा भेटिएको चुरोटको ठुटो र उनी बसेको होटेलको डि एन ए परिक्षणबाट मिलेको पाईएको फुजी समाचार नेटवर्कले बताएको छ । चोनले भने सो बमकाण्डमा आफनो संलग्नताको अस्वीकार गरेका छन् ।घटनाको २ दिन अघि नोभेम्बर २१मा चोन जापान गएको थिए ।
शौंचालयमा अनौंठो सामान रहेका जानकारी पाउनु बितिकैं बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो, जसको कारण कोही पनि सो क्षेत्रमा रहेको मानिस घाईत भने भएनन् ।