कोरियामा २०१६ को सलनालका लागि साँस्कृतिक कार्यक्रम बाडफाड सम्पन्न |
सौल – नेपाली सम्पर्क समिती कोरियाले कोरियन चार्ड सलनाल (कोरियन नया वर्ष ) को अवसरमा नेपाली संघ सस्थाले आयोजना गरिने कार्यक्रमकेा बाडफाड गरेको छ । आइतबार सउल स्थीत नेपाल हाउसमा समितीले यहा रहेका नेपाली सघसस्थाहरूबीच छलफल र सहमती अनुसार सलनालकेा अवसरमा कार्यक्रम गर्ने सस्थाहरू छनैाट गरेको हेा । यस वर्षकेा सलनालमा सास्कृतिक कार्यक्रम गर्नको लागि ५ वटा संस्थाले निवेदन दिएका थिए |निबेदन दिने संस्थाहरु मध्ये प्राथमिकताका अाधारमा तनहु सम्पर्क समिती र डाइनामिक मेारङ कमिटीले सास्कृतिक कार्यक्रम गर्न पाउने भएका छन । तनहु सम्पर्क समितीले २०१६ फेब्रअरी ८ र डाइनामिक मेारङ कमिटीले २०१६ फेब्रअरी ७ तारिख सास्कृतिक कार्यक्रम गर्ने भएका छन् ।
भाग्यशाली चिठ्रठा तर्फ ठकुरी समाज,छन्त्याल परिवार र भेाजपुर परिवारलाई छनैाट गरिएकेा छ । सलनालकेा अवसरमा तिनवटा सस्थाले भाग्यशाली चिठ्रठा गर्न पाउने भएका छन् |एन सि .सी अध्यक्ष प्रेम शाह ,एन अार एन ए कोरियाका निबर्तमान अध्यक्ष तथा अाइसिसी प्रतिनिधि बिनोद कुँवर ,ए न आर ए न ए पुर्व एसिया प्यासेपिक सँयेाजक गंगा राज राई ,नेपाल आदिबासी जनजाती महासंघका निबर्तमान अध्यक्ष भक्त शेरचन र बैाध्द परिवारका अध्यक्ष इश्वर गुरूङ सहितकेा निर्णायक मन्डलले सास्कृतिक कार्यक्रम र चिठ्रठा कार्यक्रमका लागि प्राथमिकताका अाधारमा सस्था छनैाट गरेका हुन ।
सास्कृतिक कार्यक्रमका लागि धादिङ सम्पर्क समिती,मेचीमहाकाली यृनाइटेड र बाग्लुङ सम्पर्क समितीले पनि निवेदन दिएका थिए । सलनालमा दुइवटा सस्थालाइ मात्र सास्कृतिक कार्यक्रम दिइने र बाकी सस्थालाइ अाउदेा छुसकमा प्राथमिकताका अाधारमा कार्यक्रम गर्न दिइने छ । भाग्य शाली चिठ्रठाका लागी अेामन फर वोमनले पनि दावा सहितकेा निवेदन दिएकेा थियेा ।
कार्यक्रम का प्रमुख अतिथि कोरियाका लागि नेपाली श्रम सहचारी अनिल गुरूङले यसरी अापसी छलफल र सहमतीमा कार्यक्रम गर्नुले अापसी मेलमेलाप र कार्यक्रम मिलेर सफल बन्ने धाराणा राखेका थिए । यस पटकको साँस्कृतिक कार्यक्रम बाडफाडमा कुनै विवाद नभई सहमतिको आधारमा कार्यक्रम गर्ने संस्था छनौट भएकोमा निर्णायक मण्डलका एक पदाधिकारी गंगाराज राईले खुसि ब्यक्त गरे |कोरिया मा रहेका नेपाली सस्थालाइ व्यवस्थित रूपमा सास्कृतिक कार्यक्रम तथा अन्य गतिविधी गर्नलाइ नेपाली सम्पर्क समीतीले सुरूका दिन देखी नै कार्यक्रम बाडफाड गरी सफल पार्ने परिपाटी बसाल्दै अाएकेा छ । कोरियामा क्रियाशील दर्जनौ संस्थाका प्रतिनिधिहरु सहित बाग्लो नेपालीहरुको साथमा कायर्क्रम नेपाली सम्पर्क समितीका अध्यक्ष प्रेम शाहकेा अध्यक्षतामा , बरिस्ठ उपाध्यक्ष अन्जु के सी को स्वागत तथा सँचालन सचिब सुन्दर लिम्बुले गरेका थिए ।