प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले पाचौं अधिबेशन जनवरी ३ मा गर्ने
राजु थापा दक्षिण, सोल -नेकपा एमालेको प्रबास सङगठन प्रबासी नेपाली मन्च (ONF ) दक्षिण कोरियाको पाचौ अधिबेशन सम्पन्न गर्ने भएको छ । यहि आउदो जनवरी ३ तारिख सउलस्थित बुल्ग्वाङ स्टेसन नजिकै रहेको एमटियु (MTU) हलमा गर्न लागिएको हो ।
प्रबासी नेपाली मन्च कोरियाका सचिब दिपेन्द्र अधिकरिका अनुसार अधिबेशनका लागी एक महिना अगाडी देखी नै आन्तरिक गृह कार्यमा जुटेर अधिबेशनलाइ सम्पन्न गर्न बिभिन्न उपसमितीहरु बनेको र सबै उपसमिती हरुले आफ्नो कामलाइ तदारुकताका साथ अघि बढार्इ आफ्नो तयारि अन्तिम चरणमा पुगेको जनाउनु भएको छ। सन १९९६ मा स्थापित प्रबासी नेपाली मन्च कोरियाका सबै राजनैतिक सङगठन भन्दा जेठो सङगठन रूपमा चिनिन्छ।
हाल सम्म ४ वटा अधिबेशन सम्पन्न गरेको ओएनएफले कोरियाकको समाजमा आफ्नो भिन्नै पहिचान बनाएको छ। कोरियामा हालसम्म ओएनएफ कोरियाका सौल,आन्सान,ओइजम्बु,थेगु, बुसान र गजेदो गरि जम्मा ६ क्षेत्रीय कमिटिहरु क्रियासिल छन। नेपाली राजदुतावास,गैर आवसिय नेपाली संघ, नेपाली सम्पर्क समिती,सामाजिक सस्था र अन्य राजनैतिक सङगठन सङ्ग हरेक कार्यमा सहयात्रीको रुपमा सहकार्य गर्दै आएको छ ।
बिगतमा भन्दा तुलनात्मक रुपमा बलियो देखिएको एमाले कोरियाको सङगठनको नेतृत्वमा हाल युबा संघ नेपाल ,अनेरास्वबियु, शिक्षक सङगठन र मजदुर क्षेत्रमा काम गरेका राजनितिमा अनुभबी ब्यक्तीहरुको बाहुल्यता रहेको देखिन्छ। उक्त अधिवेशनलार्इ भव्यतका साथ सम्पन्न गर्न आफ्ना समर्थक,शुभचिन्तक,बुद्धिजिवी,पत्रकार समाजसेवी,संघसस्थाका प्रतिनिधि, व्यापारी, विधार्थी लगायत अन्य सम्पूण कोरियावासी महानुभावहरूलाई उपस्थितीका लागी हार्दिक अनुरोध गरेको छ ।