एन आर एन ए कोरियाको निर्वाचन समितिले पदीय प्रमाण पत्र हस्तान्तरण तथा छलफल कार्यक्रमको आयोजना गर्ने ।
सौल – एन आर एन ए कोरियाको गत २९ सेप्टेम्बर २०१५ मा संपन्न अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरूलाई हार्दिक वधाई तथा शुभकामना दिने क्रममा निर्वाचन समितिले पदीय प्रमाण पत्र वितरण सहित छलफल कार्यक्रमको आयोजना यहि डिसेम्बर २० तारिखका दिन गरेको छ| तत्कालीन निर्वाचन समितिले नव निर्वाचित कार्यसमितिलाई प्रमाण पत्र सहितको निर्वाचन प्रक्रियामा संकलन भएको आर्थिक हिसाब किताव हस्तान्तरण कार्यक्रम रहेको यही सुचना मार्फ़त जानकारी गराईएको छ । यसै सुचनालाई आधार मानी कोरियामा रहेका विभिन्न क्षेत्रीय ,जातीय , राजनितिक संगठनहरू, पत्रकारहरू , व्यापारी ,विध्यार्थी लगाएत समस्त नेपाली दाजुभाई तथा दिदीवहिनीहरूमा उपस्थितिका लागी अनुरोध गरीएको छ ।
एन आर एन ए दक्षिण कोरियाको आफ्नै अन्य देशको भन्दा भिन्न विशेषताहरू छन् । यहॉं वस्दै आउनु भएका नेपालीहरूको समस्या संग प्रत्यक्ष रूपमा काम गर्दे आएको छ ।दक्षिण कोरिया प्रत्येक वर्ष नेपालीहरूको श्रम गन्तव्यको रूपमा विकसित हुदै गएको वर्तमान परिप्रेक्षमा दिनानुदिन समस्या पनि बड्दै छन् त्यसैले नेपालीहरूको बड्दो समस्या अनि एन आर एन कोरिया प्रतीको चासो विषयक छलफल कार्यक्रम पनि रहने छ। एन आर एन ए कोरियाले गरेको विगतको कामको मुल्यांकन, वर्तमानको समीक्षा र भविष्यमा गर्न पर्ने कार्यहरूमा वृहत वहस हुनेछ । एन आर एन ए कोरियासंग संवद्द सम्पुर्ण महानुभावहरू रहनुहुने उक्त कार्यक्रममा प्रमुख अतिथि उपनियोग प्रमुख किरण शाक्य लाई आमन्त्रण गरिएको छ । सम्पुर्ण कोरियावासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरूमा उपस्थितिका लागी तत्कालिन निर्बाचन समिति का एक सदस्य गिरिराज कुँवरले अनुरोध गरेका छन ।
मिति :२०१५ डिसेम्बर २० तारिख
स्थान : नेपाल हाउस
समय : दिनको २ वजे