भारत र पाकिस्तान भिड्दै
सौल – बलराम पाठक
आगामी टि ट्वान्टी बिश्वकपमा पुन:एक पटक भारत पाकिस्तान भिड्ने भएका छन् | आफ्नो राजनैतिक दुश्मनीलाई क्रिकेटको नजरबाट हेर्नु भारत र पाकिस्तानका लागि कुनै नौलो कुरा भने होइन | यिनीहरु दुईको क्रिकेट खेललाई रास्ट्रियताको नज़रबाट हेर्ने गरिन्छ र क्रिकेटको दुनियामा छुट्टै जोस र जागर पैदा गरिदिन्छ | आगामी १९ मार्च २०१६ मा धर्मशाला क्रिकेट मैदान भारतमा हुनेछ |भारत महेन्द्र सिंह धोनीको र पाकिस्तान साहिद अफ्रिदीको कप्तानीमा खेल्नेछ | टि ट्वान्टी बिस्वकपमा भने यी दुबै टिमको जम्मा २ पटक मात्र भेट भएको छ |२००७ मा भारतले रोमान्चक जित निकालेको थियो ,त्यसै गरि २०१४ मा पनि भारत ७ विकेटले बिजय भएको थियो | २०१६ को बिस्वकप समूह बी मा भारत ,पाकिस्तान ,अस्ट्रेलिया र न्युजिलैंड र समूह ए मा श्रीलंका ,साउथ अफ्रीका ,इंग्ल्यान्ड ,वेस्ट इन्डिज रहेका छन् | थप १/१ देशको भने टुंगो लाग्न बाकी नै छ |