उत्तर कोरियाले हाईड्रोजन बम बनाउंदैं
सोल -उत्तर कोरियाले हाईड्रोजन बम बनाउदैं गरेको पुष्टि भएको छ ।सुरक्षा अधिकारीहरुका अनुसार उत्तरकोरिया हाईड्रोजन बम निर्माणको दास्रो तहमा पुगेको मंगलबार बताएका छन् ।
एटम बम भन्दा २ देखि ५ गुणा शक्तिशाली हाईड्रोजन बमको निर्माण प्रक्रिया दोस्रो चरणमा पुगेको स्रोतको दाबी छ ।अवकाश प्राप्त ब्रिगेडियर लि सांग चुलले भने उत्तर कोरियाले जुनसुकैं बेला आणविक हतियार परिक्षण गर्न सक्छ तसर्थ उसले परिक्षणको लागि पुंगेरी आणविक परिक्षण क्षेत्र पुर्ननिमाण गरी तैंनाथ अवस्थामा राखेको छ ।
उत्तर कोरियाको नेता किम जोंग ऊनले भने ‘उत्तर कोरियाको जनताको सुरक्षा र सम्मानको लागि महत्वपुर्ण भुमिका खेल्नेछ ।’ सो बम निर्माण गर्न सफल भएमा उत्तर कोरियाले १ सय टन बोक्न सक्ने क्षमताको सन २०२० सम्म हाईड्रोजन बम निर्माण गर्न सक्छ ।
उता दक्षिण कोरियाको सुरक्षा मन्त्रालयले भने हालसम्म कुनैं पनि किसिमको हाईड्रोजन बम निर्माण गर्दै गरेको सेस्मिक तरंग नफैंलिएको जनाएको छ ।दोंगुगक विश्वविधालयका प्रोफेसर किम योंग हिउन भन्छन्,’उत्तर कोरियाले हाईड्रोजन बम निर्माण गरेर आफनो सैंन्य क्षमता प्रदर्शन गर्न चाहन्छ ।’