कोरियामा दुर्घटना परि एक नेपालीको मृत्यु
सोल – उमसङ स्थित सामवन फरासथाख नामक पलास्टिक कम्पनीमा कार्यरत मोरङ पथरीका ३९ वर्षिय बाबुराम पोखरेलको मृत्यु भएको जानकारी प्राप्त भएको छ |
उनको टयांकी सफा गर्ने क्रममा ज्यान गएको हो | उनलाई बचाउने क्रममा अर्का नेपाली पनि घाईते भएको र उनि अहिले उपचार पछि कम्पनि फर्किएको जानकारी फोनिजकोरियालाई प्राप्त भएको छ | । मृतक २ बर्ष अघि ईपिएस मार्फत कोरिया आएका थिए |
उनको श्रीमती सहित एक छोरा र छोरी रहेका छन | मृतकको शब अहिले छुंजु खन्दुकदे अस्पतालमा राखिएको छ |
यसबारेमा नेपाली दुताबासका श्रम सहचारी अनिल गुरुङसंग बुझ्न खोज्दा औपचारिक रुपमा जानकारी नआएको तर अनौपचारिक रुपमा जानकारी आएको बताउदै औपचारिक रुपमा जानकरी आउन बित्तिकै प्रक्रिया अघि बढाउने जानकारी दिए |