कोरियामा चमक्दै गरेका प्रतिभाशाली नेपाली युवाहरु
सोल – सन् २००८ मा कोरिया सरकार नेपाल बीच रोजगार अनुमति प्रणाली ( ईपिएस प्रणाली) लागु भए पछि कोरिया आउने नेपालीको संख्या ह्वात्तै बढयो | अहिले कोरिया ३५ हजारको हाराहारीमा नेपालीहरु छन् | कोरियाको दिन रात काम त्यसै माथि १२ देखि १६ घण्टा काम गर्नु पर्ने बाध्यता हप्ताको एक दिन बिदा | बिदाको दिन कसैले साथी भाई भेटेर मनाउछन त कसैले घुमेर कसैले आफ्नो प्रतिभा प्रष्फुटन गर्न यहि बिदाको समय सदुपयोग गर्छन | कोरियामा पछिल्लो समय कला र संगीत क्षेत्रमा लागेर थुप्रै प्रतिभाशाली युवाहरुले आफ्नो छुट्टै परिचान बनाउदै आएका छन् |
अशोक थुलुङ ( गायक)
७ बर्ष अघि ई सेभेन भिसामा कोरिया आएका थुलुङले नेपाल छदा नै ”गुन्द्रुक किनिमा” बोलको गीत २०५८ सालमा रेकर्ड गराएका थिए | सुर साधना कला केन्द्रमा गुरु कैलाश राईवाट ३ बर्ष संगीत शिक्षा लिएका थुलुङले अहिलेसम्म २७ वटा गीतमा स्वर भरि सकेका छन् | २०५९ सालमा ” अनुभव” नामक पहिलो एल्वम बजारमा ल्याएका थिए भने २०६७ सालमा दोस्रो एल्वम ” फिलिङ” ल्याएका थिए | उक्त एल्वमको” जाली रुमाल” बोल रहेको गीतको म्युजिक भिडियो स्वर्गीय आलोक नेम्वाङले निर्देशन गरेका थिए | जुन गीतले दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएको थियो | मेहनत र ईमान्दारसाथ संगीतमा लाग्न सके दाम र दाम दुवै भएको बताउदै थुलुङले कोरियाको ब्यस्त कामको बावजुत पनि संगीत क्षेत्रमा लाग्नु निकै कठिन कार्य भएको तर जहाँ ईछ्या त्यहाँ उपाय पनि निस्कने अनुभव सुनाउछन |
सिपी मगर ( गीतकार / गायक )
ईपिएस मार्फत दोस्रो पटक पूण कोरिया आएका सिपी मगरले दुई दर्जन जति गीतमा शब्द लेखेका छन् | उसो त उनि गायक पनि हुन् ”डाडै लाकुरी” बोलको गीतवाट गायन क्षेत्रमा डेब्यु गरेका छन् | मगरकै सक्रियतामा बिसौनी समुह गठन गरेर नेपाली कला सस्कृति झल्कने लोक धुन कोरियनहरु माझ चिनाउदै मौका पनि जुराएका छन । बिसौनी समुहले कोरियाको चाडहरु चुसक र सलनालमा बिभिन्न नेपाली संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा नेपाली लोक धुन सुनाउदै आएको छ | संगीतमा लाग्ने प्रेरणा घर परिवार र साथीभाईबाट मिलेको बताउने सिपीलाई बिमा कुमारी दुराको ‘गाउ शहरमा लम्जुङ दरबार’लोक गीत निकै मन पर्छ रे उसो त उनलाई भगवान भण्डारी र बिष्णु माझीको स्वर अरुको भन्दा अब्बल लाग्ने गरेको पनि सुनाए । उनी देश बिदेश जहाँ भए पनि गीत संगीतबाट टाढा रहन नसक्ने सुनाए । उनले केहि म्युजिक भिडियोहरु पनि निर्देशन गरेका छन् |
डिआर अटु ( संगीतकार )
४ बर्ष अघि ईपिएस प्रणालीवाट कोरिया आएका अटु अहिले कोरियाको दिन र रातको काम गरेर बचेको समयमा संगीत सृजना गर्नमा ब्यस्त छन् | कोरियाको १२ / १४ घन्टे काम गरेर बचेको समयमा सृजनात्मक काम गर्नु पक्कै पनि कठिन छ तर जहाँ ईछ्या त्यहाँ उपया भने झैँ दैनिक ४ / ५ घण्टा मात्र सुतेर भए पनि महिना ५ / ७ वटा गीतमा संगीत भर्दै आईरहेको बताउछन | कोरियामा आफ्नो छुट्टै परिचान बनाउन सफल सुनाखरी समुहका सदस्य समेत रहेका अटुको ”दिक्तेल बजारमा” , ”गुडी जाने रेल” , चौबन्दी चोली” , ”घामछाँया” , ”जव साझ ढल्दै जान्छ” बोलका गीत हिट छन् | अहिले उपन्यास पनि लेख्दै गरेको र पुरा भए पछि सोहि उपन्यासमा आधारित चलचित्र बनाउने भावी योजना सुनाउदै अटुले भने कोरियामै गीत रेकर्डिङ स्टुडियो खोल्ने तयारी रहेको बताए |
ऐश्वर्य श्रेष्ठ ( संचारकर्मी )
ऐश्वर्य श्रेष्ठ कोरियाका नेपाली माझ नौलो नाम होईन | ३ बर्ष अघि ईपिएस मार्फत कोरिया आएका श्रेष्ठ एक कुशल संचारकर्मी हुन् | त्यसो उनको भर्खर ”दोन मान्ही फर” बोलको गीतले कोरियाको बजार तताईरहेको छ | श्रेष्ठको शब्द ,संगीत तथा स्वर रहेको उक्त गीतमा सरु गौतमले साथ् दिएकी छिन | एरभोईस रेडियोमा साप्ताहिक रुपमा कार्यक्रम चलाउदै आएका श्रेष्ठ नेपाली वेव टिभीका प्रमुख समेत हुन् | पत्रकारिता संगै साहित्यमा पनि रुचि राख्ने श्रेष्ठले गीत , गजल , कविता पनि कोर्छन | चाडै नै नयाँ गीत र कविता संग्रह निकाल्ने योजनामा रहेका श्रेष्ठले भविष्य पनि यहि क्षेत्रमा सक्रिय रहने बताए |
सपना अधिकारी ( मोडेल )
३ बर्ष अघि ईपिएस मार्फत कोरिया आएकी सपना अधिकारी अहिले कोरिया रुचाईएकी मोडेल हुन् | उनीले अहिलेसम्म एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरि सकेकी छिन | प्रमोद खरेलको स्वरमा सजिएको ” मेरो दिलमा तिर हानी ” बोलको गीतबाट मोडलिङमा पाईला चालेकी अधिकारीले अहिले आएर आफै नै म्युजिक भिडियो निर्देशन गर्दै आएकी छिन | उनीले ब्यापार र मोडलिङसंगै लादै कोरियामा सिकेको सिप नेपालमा सदपयोग गर्ने भावी योजना सुनाईन |
भिम सुब्बा तामाङ (बाबु साइला) ( चित्रकार / साहित्यकार )
दुई वर्ष अघि कोरिया आएका बाबु साईला बिगत १५ बर्ष देखि नै क्यानभासमा रङ्ग पोत्ने काम गर्थे | कोरिया आएर पनि चित्रकलालाई निरन्तरता दिइरहेका छन् | उनले कामको बावजुत चित्र कोर्नु चानचुने कुरा नभएको सुनाए | कोरियाको राजधानी सोल एकल चित्रकला प्रदशनी गरि सकेका साईलाले बिदामा नेपाल गएको वखत लम्जुङ्गको पर्यटकीय स्थल काउलेपानीमा नेपालका राष्ट्रिय स्तरका चित्रकारहरु लगेर पेन्टिङ कार्यक्रम गरि सकेका छन् | कोरियामा पनि उनलाई क्यानभास उतार्न भ्याई नभ्याई छ | माग धेरै आउने गरेको तर समय अभावले माग पुरा गर्न नसकेको सुनाउदै उनले भने मासिक नेपाली ३० / ४० हजार पेन्टिङ बेचेर नै कमाउने गर्छु | उसो त उनि साहित्यकार पनि हुन् | भर्खरै उनको ” बग्ने आशु” नामक एल्वम पनि बजारमा आएको छ | गीत , गजल , कविता पनि लेख्न माहिर साईलाका थुप्रै फुटकर रचनाहरु बिभिन्न मासिक र पाक्षिक पत्रिकाहरुमा छापी सकेको छ | कुशल स्केचर समेत रहेका साईलाले नेपाल गएर अझै बृहत रुपमा यहि क्षेत्रमा लाग्ने बताए |
अनुराग सापकोटा ( छाँयाकार)
अहिलेसम्म दर्जन म्युजिक भिडियोमा क्यामेरा चलाईसकेका अनुराग सापकोटा ४ बर्ष अघि ईपिएस मार्फत कोरिया आएका हुन् | रमेश बनियाको बाध्यता एल्बमको ”खै कसरी भनु मेरो मुटु जलेको छ” बोलको गीतबाट म्युजिक भिडियोको छायांकनको जिम्मेवारी सम्हालेका सापकोटाले त्यस पछि पछाडी फर्केर हेर्नु परेको छैन | कोरियाको व्यस्तताको बावजुत पनि बचेको समयमा क्यामेरा बोकेर कोरियाको विभिन्न रमणीय स्थलमा पुगेर दृश्य क्यामेरामा कैद गर्नु उनको कार्य हो | मोडलिङमा पनि उत्तिकै शौखिन सापकोटाले केहि म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् | भबिष्यमा पनि अभिनय र फिल्मी क्षेत्र नै मेराे इच्छाकाे क्षेत्र भएकाेले यहि क्षेत्रमा लागेर केही गर्ने लक्ष्य लिएकाे उनकाे भनाइ छ । केही समय पछि नेपाल जाने याेजनामा रहेका उनी स्वदेशमा पनि यहि क्षेत्रमा लाग्ने साेच बनाएका छन।
रमेश संग्रौला ( गायक / म्युजिक भिडियो निर्देशक )
४ बर्ष अघि कोरिया आएका रमेश संग्रौला कोरियामा परिचित नाम हो | सुनाखरी समुहका संस्थापक अध्यक्ष समेत रहेका संग्रौला एक कुशल गायक , संगीतकार तथा पत्रकार पनि हुन् | नेपाल छदा ३ महिने अनौपचारिक पत्रकातिता तालिम लिएका संग्रौलाले अहिले युनिभर्सल अनलाईन टिभीका निर्देशक पनि हुन् | संग्रौलाको निर्देशनमा दर्जन भन्दा बढी म्युजिक भिडियो बनि सकेका छन् | अहिले पनि एक म्युजिक भिडियोको निर्देशनमा व्यस्त संग्रौलाले कोरियाको ब्यस्त समयको बावजुत यो क्षेत्रमा लाग्न थुप्रै कठिनाई रहेको सुनाए | भविष्यमा अझै निखार ल्याउदै यहि क्षेत्रमा निरन्तर लाग्ने योजना रहेका संग्रौलाले बताए |
साम लिम्बु ( गायक / संगीतकार )
नेपाली संगीत क्षेत्रमा भर्खर उदाउदै गरेका गायक साम लिम्बु ३ बर्ष अधि ईपिएस मार्फत कोरिया आएका हुन् | नेपाल छदा संगीत शिक्षण गर्दै आएका लिम्बुले आफ्नै स्वर , शब्द , संगीतमा ” तिमी मेरो ” नामक एल्वम बजारमा ल्याएका छ | स्लो रक , पप शैलीका गीतहरु समावेश गरिएको एल्वममा सात वटा गीत छन् | भर्खरै रमेश धन साम्पाङको स्वर रहेको ” सानु माया ” एल्वम पनि लिम्बुकै शब्द , संगीत रहेको छ | उसो त उनि म्युजिक भिडियो निर्देशन पनि गर्छन | लिम्बुको निर्देशन चार म्युजिक भिडियो बजारमा आईसकेको छ | दोस्रो एल्वमको तयारीमा लागेका लिम्बुलाई अहिले अरुको गीतमा शब्द , संगीत भर्न पनि भ्याई नभ्याई रहेको बताए |
नरेन श्रेष्ठ ( छाँयाकार)
सर्लाही नवलपुरका नरेन श्रेष्ठ रोजगार अनुमति प्रणालीबाट कोरिया आएका हुन | अहिले कोरियामा ब्यस्त छाँयाकार रुप चिनिने श्रेष्ठले थुप्रै म्युजिक भिडियोका दृश्यहरु क्यामेरामा कैद गरेका छन् | दामसँगै नाम पनि उति नै कमाएका श्रेष्ठलाई म्युजिक भिडियो, सर्टमुभी ,विवाह पार्टी र समाचार छायाङ्कनमा भ्याई नभ्याई छ । श्रेष्ठले मासिक दुईलाख रुपयासम्म छायांकन गरेर कमाउने गरेका छन् । प्रतिदिन चार घण्टा मात्र सुत्ने गरेको उनले बताए | भर्खर बुसान पुगेर अन्जु पन्तको एक गीतको म्युजिक भिडियो खिचेर आएको बताउदै भविष्य पनि यहि क्षेत्रमा लाग्ने बताए | श्रेष्ठ नेपाली म्युजिक भिडियो प्रा.लि तथा कोरिया सन्देशका क्यमरामेन पनि हुन्।
उमेश लिम्बु ( चित्रकार )
नेपालवाट नै क्यानभासमा रंग पोत्न माहिर उमेश लिम्बु कोरिया आएर पनि निरन्तरता दिइरहेका छन् | ईपिएसवाट २० महिना अघि कोरिया आएका लिम्बुले ग्रुप चित्रकला प्रदशनी गरि सकेका छन् | अब छिट्टै एकल चित्रकला प्रदशनीको तयारीमा रहेका लिम्बुले स्केच पनि कोर्छन | पेन्टिङ र स्केच अफर धेरै आउने गरे पनि समय अभावले माग पुरा गर्न नसकेको सुनाए | हप्ताको एक दिन बिदामा कुची समाएर क्यानभासमा रंग पोत्न कठिन भए पनि जहाँ ईच्या त्यहाँ उपाय भने झैँ समय निकाल्ने गरेको लिम्बुले सुनाए | उनि भिडियो एडिटर पनि गर्छन | नेपाल फर्केर अझै पेन्टिङ सिकेर यहि क्षेत्रला लाग्ने बताउछन |