कोरियामा नेपालीहरुको दु:खमा साथ दिदै अम्बिका डाँगी पार्क
निश्चल काउचा
सोल – कोरिया नेपाली युवा माझ आकर्षक गन्तब्य मुलुक हो | मासिक लाख रुपैया भन्दा बढी कमाई हुने कोरिया सोचे जस्तो छैन | कोरिया हेर्दा जति झिलिमिली र झकिझकाउ देखिन्छ तर भित्री पाटो बुझ्दा दु:खको सागर नै छ | दिन रात नभनी चौबिसै घण्टा चल्ने कम्पनीहरु | १२ देखि १६ घण्टासम्म लगातार काम गर्नु पर्ने |
शुरुमा खाना र भाषा नमिल्दा उत्तिकै समस्या | कसैलाई साहुले समयमा तलब दिदैन , कसैलाई गालि गजौल देखि कुटपिट सम्म गर्ने कोरियन साहु देखि संगै काम गर्ने कोरियन सहकर्मीहरु | कोही नेपाली दाजु भाई र दिदी बहिनीलाई देखिने स्वास्थ्य समस्याहरु | कसैको डिप्रेसन भएर रात भर निन्द्रा नलाग्ने कसैको ढाड दुख्ने समस्या कसैको छाती , पेट दुख्ने समस्या यस्तै- यस्तै अनेक समस्यावाट पिडित नेपालीहरुको दु:खमा साथ् दिदै आएकी छिन अम्बिका डाँगी पार्कले |
सन् १९९९ कोरियन नागरिकसंग बिवाह गरेर कोरिया आएकी पार्क पछिल्लो २ बर्ष देखि दुखमा परेका नेपालीहरुलाई सहयोग गर्दै आईरहेकी छिन | महिनामा बिभिन्न समस्या परेका २५ देखि ३० जना नेपालीलाई सहयोग गर्ने गरेको सुनाउदै उनीले भनिन कसैलाई साहुले समय तलब दिएको हुदैन तिनलाई नोदोङबु लिएर जानु , काम छोडेकालाई काम खोजेर लगाई दिने , स्वास्थ्य समस्या देखिएकालाई हस्पिटल लिएर जानु पार्कको दैनिकी हो | काम नपाउनसम्म आफ्नै घरमा आश्रय समेत दिन्छिन |
अहिले उनीले फेन्थेक , फारान र सुवन क्षेत्र वरपरका नेपालीहरुलाई सहयोग गर्दै आईरहेकी छिन | कोरियाको अरु क्षेत्रवाट पनि आफुलाई कसैले सहयोग मागे त्यस क्षेत्रमा जान आफु तप्पर रहेको समेत सुनाईन | कोरिया विभिन्न क्षेत्रीय , जातिय , राजनीतिक संघ संस्थावाट आफु टाढा रहेको सुनाउदै पार्कले प्रश्न गरिन समाजसेवा गर्नलाई कुनै संस्थाको पदमा बस्नै पर्छ र ? ईन्जिनियर पतिले आफ्नो कार्यमा पूर्ण साथ दिएकोले पनि नेपालीहरुको दुखको साथी बन्न सकेको सुनाईन |
कोरियन नागरिकसंग बिबाह गरेर आएका नेपाली चेलीहरुको प्रशंग पार्कले भनिन बिदेशी केटा भन्न बित्तिकै हाम फालेर बिबाह गर्न नहुने र केटाको बनि व्यहोरा देखि घर परिवारको बारेमा पनि बुझ्न जरुरी रहेको सुझाईन | केही नेपाली दलालहरुले पैसा लागि अनेक तिकडम देखाएर नेपाली चेलीहरुलाई कोरियन नागरिकसंग बिबाह गराई दिएर ल्याउने गरेको र यो कार्य रोक्न जरुरी रहेको समेत बताईन | कोरियन नागरिकसंग बिबाह गरेर आएका अधिकांस नेपाली चेलीहरुको अवस्था राम्रो रहेको तर केही चेलीहरु समस्या रहेको अनुभव सुनाउदै पार्कले भनिन सबै कोरियन राम्रो छन् भन्न मिल्दैन तर त्यो आफुमा पनि भर पर्ने बुझाईन |
पछिल्लो चरणमा आएर कोरियन नागरिकसंग बिवाह गरेर आएका नेपाली चेलीहरु ईपिएस मार्फत कोरिया आएका नेपाली केटाहरु लिभिङ्ग टुगेदर बस्ने गरेको र नागरिता लिए डिभोर्स गर्ने गरेकाले कोरियामा बिदेशी बुहारीलाई हेर्ने दृष्टिकोण फरक आएको अनुभव सुनाउंदै पार्कले अन्त्यमा भनिन म नेपालको ईज्जत जाने र नेपाल झण्डा झुकाउने कुनै कार्य गर्ने छैन |