ओएनएफ कोरियामा रहेका नेपालीहरुको उन्नती,प्रगतिमा समर्पित रहनेछ-गोबिन्द गांउले
नेकपा एमालेको भगिनी संस्था प्रवाशी नेपाली मन्च दक्षिण कोरियाको पाँचौ अधिबेसन आगामी आइतबार हुन गइरहेको अवस्थामा अधिबेसनको तयारी ,भावी कार्ययोजना र नेतृत्व चयनका बिषयमा रहेर अध्यक्ष गोबिन्द गांउलेसंग फोनिज कोरिया डटकमका लागि लिलु डुम्रेले गरेको कुराकानी :-
प्रवाशी नेपाली मञ्च दक्षिण कोरियाको पाँचौ अधिबेसनको तयारी कुन अवस्थामा पुगेको छ ?
हामी अहिले हाम्रो सङ्गठन ओएनएफ कोरियाको ऐतिहासिक पाचौ अधिबेशनको सङ्घारमा उभिएका छौ । अधिबेशनको तयारी लगभग पुरा भएको छ । पार्टी केन्द्रबाट प्रमुख अतिथीको रुपमा महासचिब कमरेड इश्वर पोखरेल र अतिथिको रुपमा पार्टी पुर्बी एसिया इन्चार्ज कमरेड राजन राइ आउनु हुने निश्चित भएको छ । अधिबेशनको लागी हलको टुङ्गो लागेको छ । प्रतिनिधी छनौट पनि भैसकेको छ , बिधान , राजनैतिक,साङगठनिक,आर्थिक प्रतिबेदनहरु ड्राफ्ट गरिसकिएको छ । त्यसै गरि अधिबेशन् सफल बनाउन गठित बिभिन्न उपसमिसमितिहरुले समेत आफ्नो काम पुरा गरिसकेका छन । त्यसै गरि हाम्रा सल्लहकारहरु , केन्द्रिय कमिटी र क्षेतृय कमिटिका सबै कमरेडहरु अहिले अधिबेशन केन्द्रित आन्तरिक छलफलमा ब्यस्त हुनुहुन्छ ।
यो अधिबेसनले भावी नेतृत्व र नीति कस्तो तय गर्नेछ?
यो अधिबेशनबाट ओएनएफलाइ सशक्त सङ्गठनको रुप दिन एकता र बिश्वासमा आधारित सहमतिको नेतृत्व स्थापित हुनेछ । नितिको बारेमा भन्नु पर्दा जनताको बहुदलिय जनबादमा आधारित सिद्दान्तलाइ आत्मसात गर्दै सन १९९६ मा ओएनएफ को स्थापना कालदेखीका प्रबासी मजदुरका हकहित र अधिकार प्राप्ती सम्बन्धी मजदुरमैत्री नितिहरुको तर्जुमा गर्नेछ । सङगठनको कामलाइ मुलत सामाजिक र राजनैतिक २ किसिमले परिभाषित गर्दै कोरियाबासी प्रबासी नेपालीहरुको उन्नती र प्रगतिमा ओएनएफ समर्पित रहनेछ ।
अधिबेसनमा पदका आकांक्षी धेरै भएको अवस्था रह्यो भने मतदान वा सर्वसहमति कुन बिधिबाट नेतृत्व चयन हुनेछ?
अधिबेशनमा लगातार पार्टी सङगठनमा काम गर्नु हुने कमरेडहरुले नया नेतृत्वको लागी आकान्क्षा देखाउनु सामान्य कुरा हो । सकेसम्म सर्बसम्मत नेतृत्व आउनु पर्छ भन्ने तमाम ओएनएफ सदस्यहरुको माग छ । सहमतीमा नै नेतृत्व चयन हुने बिश्वास गरेको छु । सहमती सम्भब नभएमा लोकतान्तृक बिधीको उपयोग गरिने छ । पार्टी केन्द्र बाट प्रबास कमिटीहरुको अधिबेशनमा कुनै पनि किसिमको हस्तक्षेप र दबाब दिदैन ।
माऊ पार्टीले नेतृत्वका लागि केन्द्रबाट दबाब दिने संभावना पनि हुन सक्छ की?
हाम्रो पार्टी नेतृत्वले नेतृत्व चयनका लागी दबाब दिने सम्भाबना बिलकुल रहदैन ।
कोरियामा कार्यरत कामदारको पक्षमा यो अधिबेसनले कस्तो निति पारित गर्छ?
यो अधिबेशनले कोरियामा कार्यरत मजदुरहरुको सिप र पुजिलाइ स्वदेशको समृद्दीमा लगाउन , मजदुरको पक्षमा ट्रेड युनियन अधिकारको प्राप्ती र असमान कानुनको खारेजी गर्न र कामदारहरुको दुर्घटना र अत्महत्यालाइ कम गर्न आबस्यक निति पारित गरिने छ ।
तपाईको कार्यकाललाई फर्केर हेर्दा कस्तो रह्यो?
चौथो अधिबेशन बाट निर्बा्चित कमिटिले मेरो अध्यक्षतामा सामाजिक , साङगठनिक र राजनितिक क्षेत्रमा उल्लेख्य काम गरेको हुनाले आफ्नो कार्यकाल सफल भएको छ ।
बास्तबमा हामिले सङगठनको नेतृत्व लिदा धेरै चुनौतीहरु थिए । हामिले सङगठनलाइ उत्तरको ओइजम्बु देखी दक्षिणको गजेदो सम्म सङ्गठन बिस्तार गर्यौ । नेपाली दुताबास , सामाजिक सस्था , राजनितिक सङगठन र सम्पुर्ण नेपाली समुदाय सङग स्वस्थ सम्बन्ध कायम गर्दै हातमा हात मिलाउदै अघि बढयौ ।
प्रबास कमिटीको हैसियतले पार्टी केन्द्र सङ सङगठनको नातालाइ प्रगाढ बनायौ । बिनाशकारी भुकम्प , बाढी पहिरो दैबी प्रकोप , बिरामी साथिहरु र नेपाल हाउस कोरिया लाइ बिशेश आर्थिक सहयोग गर्यौ ।
अबको कार्यकालका लागि पनि प्रतिस्पर्धी हुने सोच बनाउनु भएको छ?
मैले हाम्रो सङगठनमा पुन दोहोरिने कुनै सोच बनाएको छैन । मैले आफ्नो कार्यकालमा सङगठन र सामजिक हितमा प्रसस्त काम गरिसकेको हुनाले अब पाचौ अधिबेशनबाट नयाँ साथीहरु नेतृत्वमा आउनु पर्छ ।